+
+

सामाजिक सुरक्षा कोषमा ४ वर्षमा २० लाख योगदानकर्ता सूचीकृत गर्ने लक्ष्य

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन १० गते २०:०९

१० साउन, काठमाडौं । एमाले निकट मजदुरहरूको संगठन नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा ४ वर्षमा २० लाख योगदानकर्ता सूचीकृत गरिसक्ने लक्ष्य सार्वजनिक गरेको छ । जिफन्टका नवनिर्वाचित अध्यक्ष विनोद श्रेष्ठले यस्तो घोषणा गरेका हुन् । उनले महासंघले वैदेशिक रोजगारी लगायत सबै प्रकृतिको ज्याला, रोजगारी र स्वरोजगारमा रहेका श्रमीकलाई समेटेर आगामी चार वर्षमा कम्तिमा २० लाख श्रमिकलाई योगदानकर्ताको रुपमा सूचीकृत गर्न अभियान चलाउने योजना रहेको जानकारी दिए ।

अध्यक्ष श्रेष्ठले योगदानमा आधारित सामाजिक सुरक्षामा रोजगारमा रहेका मात्रै नभएर स्वरोजगारमा रहेकालाई पनि जोड्नुपर्ने बताए । उनका अनुसार सामाजिक सुरक्षा कोषमा अहिले मासिक पाँच हजारका दरले श्रमिक सूचिकृत भइरहेका छन् । अध्यक्ष श्रष्ठले महासंघले अनौपचारिक क्षेत्रलाई पनि सामाजिक सुरक्षा कोषमा सूचिकृत गर्नको लागि ७५३ स्थानीय तहलाई केन्द्र बिन्दुमा राखेर काम गर्ने बताए । सबै स्थानीय तहमा श्रमीक डेक्स स्थापना गरी एउटा पालिकामा ३ जना श्रमिक नेता पठाएर कामको व्यवस्थापन गर्ने योजना रहेको उनको भनाइ छ ।

अध्यक्ष श्रेष्ठले नेपालमा धेरै ट्रेड युनियन भएको भन्दै अब ट्रेड युनियनबीच सौहाद्रपूर्ण एकता अभियान चलाइने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?