+
+

प्रधानसेनापतिको अष्ट्रेलिया भ्रमणप्रति माओवादीको विरोध किन ?

रामकुमार डिसी रामकुमार डिसी
२०७९ साउन १० गते २०:२५

१० साउन, काठमाडौं । सशस्त्र युद्धबाट शान्ति प्रक्रियामा आई पटक–पटक सत्ता सम्हालिसक्दा पनि माओवादी र नेपाली सेनाबीचको सम्बन्धमा न्यानोपन आइसकेको छैन । नेपाली सेना र माओवादीबीच हार्दिकतापूर्ण सम्बन्धको खास इतिहास छैन । सेनासँग युद्ध लडेर आएको माओवादीले २०६६ मा तत्कालीन सेनापति रुक्माङ्गत कटवाललाई हटाउन खाेजेपछि सेना–माओवादी सम्बन्धमा झन् चिसोपना आएको थियो ।

मंगलबार संसदको शून्य समयमा माओवादी केन्द्रका सांसदहरुले सेनासँगै जोडिएको विषय उठाए । माओवादी केन्द्रका सांसदद्वय अमृता थापा र अन्जना विशंखेले प्रधानसेनापति प्रभुराम शर्माको अष्ट्रेलिया भ्रमणप्रति प्रश्न उठाएका छन् ।

शर्माले सहभागिता जनाउन गएको ‘एनुअल चिफ अफ डिफेन्स कन्फ्रेन्स’ अमेरिकाले अघि सारेको ‘इन्डो प्यासेफिक स्ट्राटेजी’ अन्तर्गत भएको उनीहरुको दाबी थियो ।

विरोध किन ?

संसदको शून्य समयमा कुरा उठाउनेमध्येकी एक सांसद अन्जना विशंखेले सेनापतिको भ्रमण इन्डो प्यासेफिक स्ट्राटेजी अन्तर्गत भएकाले आफूहरुले विरोध गरेको बताइन् ।
‘यो सम्मेलनमा प्रधान सेनापतिलाई पठाउनु भनेको हामी इन्डो प्यासेफिक स्ट्राटेजी अन्तर्गतको सम्मेलनमा सहभागी हुनु हो’ अनलाइनखबरसँग उनले भनिन्, ‘आईपीएसको अंग त हामी होइन । हामी हुँदा पनि हुँदैनौं भनेर त्यत्रो १२बुँदे व्याख्यात्मक घोषणा संसदबाट पारित भएको हो । त्यो केटाकेटी खेल त होइन ।’

उनले प्रधान सेनापतिलाई सम्मेलनमा पठाएकोबारे सरकारसँग आफूहरुले जवाफ मागेको बताइन् । ‘त्यो पारित गरेर हामी आईपीएसको अंग हुँदैनौं भने अनि प्रधानसेनापति आईपीएसको सम्मेलनमा जाने ? यो सरकारले जवाफ दिनुपर्‍यो भनेर हामीले कुरा उठाएको हो’, विशंखे भन्छिन् ।

यो विषयमा पार्टीले कुरा उठाउन ‘रुलिङ’ गरेकाले पनि आफूहरुले यो कुरा उठाएको विशंखेको भनाइ छ। ‘पार्टीबाटै यो कुरा उठेको भएर हामीले यो कुरा उठाएको हो’ उनको भनाइ छ, ‘पार्टीका मुख्य सचेतकको पनि ध्यानाकर्षण भएको छ । हामीले हाम्रो दलको रुलिङ अनुसार नै यो कुरा उठाएको हो ।’

सम्मेलन आईपीएस अन्तर्गतको हो ?

सांसदहरुले संसदमा उठाएको विषयबारे आफूहरुले प्रतिक्रिया नजनाउने बताउँछन् नेपाली सेनाका प्रवक्ता नारायण सिलवाल । ‘सांसदज्यूहरुले संसदमा उठाएको कुरामा हाम्रो प्रतिक्रिया हुने कुरा भएन’ उनले अनलाइनखबरसँग भने, ‘हामीले प्रधान सेनापतिज्यू केमा जानुभएको हो, कसको स्वीकृतिमा, कसको निमन्त्रणामा जानुभएको हो भन्ने सबै कुरा प्रेस विज्ञप्तिमा जारी गरेर उल्लेख गरेका छौं ।’

सिलवालले भने अनुसारै सेनाले शर्माको अष्ट्रेलिया भ्रमणबारे विज्ञप्तिमार्फत जानकारी दिएको छ। विज्ञप्तिमा मन्त्रिपरिषद्को स्वीकृतिमा अष्ट्रेलियाको रक्षा बलको संयोजकत्वमा ‘यूएस इन्डो प्यासेफिक कमाण्ड’ले आयोजना गरेको सम्मेलनमा शर्मा सहभागी भएको उल्लेख गरिएको छ।

सेनाले २०५६ सालदेखि उक्त सम्मेलनमा निरन्तर सहभागिता जनाउँदै आएको बताउँदै एशिया प्रशान्त क्षेत्रका सेना प्रमुखहरुको उपस्थितिमा अन्तर्राष्ट्रिय सुरक्षा लगायतका विषयमा छलफल हुने गरेको प्रष्ट पारेको छ।

‘२०५६ सालदेखि नेपाली सेनाले निरन्तर सहभागिता जनाउँदै आएको उक्त सम्मेलनमा एशिया प्रशान्त क्षेत्रमा अवस्थित राष्ट्रका सेना प्रमुखहरुको उपस्थितिमा विद्यमान अन्तर्राष्ट्रिय सुरक्षा एवं आपसी सहयोगका पक्षहरुलाई समेटी विविध सुरक्षाका विषयमा छलफल हुनुका साथै सहभागी राष्ट्रका सेना प्रमुखहरुबीच अन्तर्राष्ट्रिय सुरक्षा वातावरण, प्रविधि, रणनीतिक सोच लगायतका समसामयिक विषयहरुमा छलफल, अन्तरक्रिया तथा विचार आदानप्रदान हुनेछन्’, विज्ञप्तिमा भनिएको छ।

अन्तर्राष्ट्रिय सम्बन्धन र सैन्य कूटनीतिबारे कलम चलाउँदै आएका नेपाली सेनाका पूर्व उपरथी बिनोज बस्न्यात सम्मेलन र आईपीएसबीच भिन्दाभिन्दै विषय भएको बताउँछन् ।

लेखकको बारेमा
रामकुमार डिसी

रामकुमार डिसी अनलाइनखबरको राजनीतिक व्यूरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?