+
+

नेपाल टी-२० लिगलाई प्रदेश संघदेखि क्रिकेट प्रशिक्षक संघसम्मको समर्थन

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ११ गते १८:५९
फाइल तस्वीर ।

११ साउन, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले पहिलो पटक आयोजना गर्न लागेको नेपाल टी-२० लिगलाई प्रादेशिक क्रिकेट संघ, जिल्ला क्रिकेट संघ लगायतले समर्थन जनाएका छन् ।

केही प्रदेश संघ, जिल्ला संघ, प्रशिक्षक संघ र अम्पायर संघले विज्ञप्ती नै जारी गर्दै नेपाल टी २० लिग आयोजना हुने खबरले उत्साहित रहेको र यसले क्रिकेट विकासमा सहयोग पुग्ने उल्लेख गरेका छन् ।

‘नेपाली क्रिकेटलाई व्यावसायीकरण र विकास तर्फ उन्मुख गराउन नेपाल टी-२० लिगले अहम भूमिका खेल्ने छ’, प्रादेशिक क्रिकेट संघ प्रदेश नम्बर १ ले विज्ञप्तीमा लेखेको छ ।

यस्तै मधेश प्रदेश, लुम्बिनी र कर्णाली प्रदेशले पनि विज्ञप्ती जारी गर्दै नेपाली टी-२० लिगले महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गरेको छ ।

भक्तपुर जिल्ला क्रिकेट संघ, नेपाल क्रिकेट अम्पायर्स तथा स्कोर्स संघ र नेपाल क्रिकेट प्रशिक्षक संघले पनि नेपाल टी-२० लिगले नेपाललाई विश्व क्रिकेट जगतमा स्थापित गर्न भूमिका खेल्ने लेखेको छ ।

नेपाल टी-२० लिग असोज ८ देखि कात्तिक ५ सम्म आयोजना गर्ने क्यानले घोषणा गरिसकेको छ ।

क्यानले भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्सलाई नेपाल टी-२० को स्ट्राटेजिक एण्ड कमर्सियल पार्टनरको अधिकार दिएपछि यसको आलोचना सुरु भएको थियो ।

नेपाल टी-२० लिग आयोजना गर्ने भएपछि क्यानले अहिले भइरहेका अन्य फ्रेन्चाइज लिगहरुलाई क्षेत्रिय स्तरको लिगको रुपमा सञ्जाल गर्न दिने निर्णय गरेको छ ।

जसले गर्दा विदेशी कम्पनीलाई कानून विपरित लिगको व्यवस्थापनको अधिकार दिएको भन्दै एभरेष्ट प्रिमियर लिग आयोजक र त्यसका फ्रेन्चाइज टिमहरुले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

र क्यान अध्यक्ष चतुरबहादुर चन्दले भने यो विषय अदालतमा विचाराधीन रहे पनि यसले लिगलाई असर नगर्ने बताएका छन् ।

नेपाल टी-२० लिगमा विभिन्न शहरको ६ फ्रेन्चाइज टिमको प्रतिनिधित्व हुनेछ । क्यानले चार फ्रेन्चाइजको नाम समेत घोषणा गरिसकेको छ भने दुई टिमको नाम घोषणा हुन बाँकी छ । नाम घोषणा भएको टिममा कान्तिपुर क्यापिटल्स, विराटनगर सुपर किंग्स, जनकपुर रोयल्स र लुम्बिनी अल स्टार्स छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?