+
+

आँचल र विवेकको फिल्म ‘वर एण्ड वधु’ रोमानियामा यसरी हुँदैछ छायांकन

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन १२ गते १०:४१

काठमाडौं । मिलन चाम्स निर्देशित रोमान्टिक फिल्म ‘वर एण्ड वधु’को छायांकन अहिले युरोपेली मुलुक रोमानियामा भइरहेको छ ।

बुधबारसम्म यास सहरमा भइरहेको छायांकन बिहीबारदेखि कन्सटंगा सहरमा हुने निर्देशक चाम्सले जानकारी दिए । आँचल शर्मा र विवेक कर्माचार्यको मुख्य भूमिका रहेको फिल्मको अझै पाँच दिन रोमानियामै छायांकन हुनेछ ।

यसैसाता त्यहाँको सुटिङ सकेर फिल्म क्रिउ काठमाडौं फर्किने तयारीमा छ । ‘यहाँ सुटिङ गर्नु निकै आरामदायी भइरहेको छ । निकै रमाइलो लोकेसनका कारण यो फिल्मले बेन्चमार्क खडा गर्नेछ,’ चाम्सले अनलाइनखबरसँग भने ।

आगामी चैत वा वैशाखमा प्रदर्शन तयारी रहेको यो फिल्मले विवाह संस्कृतिलाई चित्रण गर्छ । डा. अमित रिजाल कार्यकारी निर्माता रहेको फिल्मलाई एलआरके इन्टरटेनमेन्टको ब्यानरमा निर्माण गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?