+
+

ट्रान्सफर मार्केटमा अग्रणी प्रिमियर लिग

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन १२ गते १८:२५

१२ साउन, काठमाडौं । क्लब फुटबलको नयाँ सिजन सुरु हनुअघि समर ट्रान्सफर विन्डोमा फेरि एक पटक इंग्लिस प्रिमियर लिग नै हावी देखिएको छ ।

युरोपका मुख्य पाँच लिगमध्ये प्रिमियर लिगका क्लबहरूले अन्य लिगका भन्दा धेरै खर्च गरेका छन् । ट्रान्सफरमार्केट डट कमका अनुसार इटलीको सिरी ए दोस्रो र जर्मनीको बुण्डेसलिगा तेस्रो स्थानमा रहँदा स्पेनको ला लिगा चौथोमा छ । युरोपका शीर्ष पाँच लिगमध्ये फ्रेन्च लिग वान अन्तिममा छ ।

प्रिमियर लिगमा विशेषगरी म्यानचेष्टर सिटी, आर्सनल, चेल्सीले नयाँ खेलाडीमा धेरै खर्च गरेका छन् । प्रिमियर लिगका क्लबहरूले ट्रान्सफरमा कुल १.१६ बिलियन युरो खर्च गरे ।

खेलाडीका लागि खर्चमा सीमा रहेकोले यस समरमा खर्च खगरेको रकम २०१९/२० मा खर्च गरेको १.७ बिलियनको नजिक पनि पुग्दैन । सबैभन्दा धेरै खर्च भने २०१७/१८ मा भएको थियो जहाँ इंग्लिस क्लबले २.१६ बिलियन युरो नयाँ खेलाडीमा खर्च गरेका थिए ।

प्रिमियर लिगको तुलनामा अन्य लिगले गरेको खर्च निकै कम छ ।

सिरी ए ले ४९८.१८ मिलियन युरो खर्च गर्दा जर्मन बुण्डेसलिगा क्लबले ३७८.४३ मिलियन, ला लिगा क्लबले ३०५.६५ मिलियन र लिग वान क्लबले २६८.६५ मिलियन युरो खेलाडी ट्रान्सफरमा खर्च गरेका छन् ।

यो समरमा फ्रेन्च लिग च्याम्पियन पेरिस सेन्ट जर्मेन खेलाडीका लागि खर्च गर्ने मुडमा देखिएको छैन ।

ठूला क्लब नै सक्रिय

ला लिगाका दुई ठुला क्लब रियल मड्रिड र बार्सिलोनाले यस सिजन खेलाडी अनुबन्धमा सक्रियता देखाए । युरोपका ठूला क्लबहरूसँग ला लिगाका यही दुई क्लबले प्रतिस्पर्धा गर्नुपर्‍यो ।

अउरेलिएन चुवामेनी, रफिन्हा र रोबर्ट लेवान्डोस्कीले मात्रै ला लिगाको खर्चको ६० प्रतिशत ओगटेको छ । ला लिगा क्लबले टिम बलियो बनाउन ३०५.६५ मिलियन युरो खर्च गरे पनि २०१२/१३ यता यो सबैभन्दा कम खर्च हो । त्यसबेला लालिगाले १६७.१३ मिलियन युरो खेलाडी अनुबन्धनमा खर्च गरेको थियो ।

सन् २०१८ र २०१९ को समरमा ला लिगाले धेरै खर्च गरेको थियो । त्यतिबेला क्रमशः १.००४ र १.५१ बिलियन युरो खर्च भएको थियो । त्यो समय ला लिगाले प्रिमियर लिगसँग नै प्रतिस्पर्धा गरेको थियो ।

पछिल्लो दुई सिजन ला लिगा युरोपका ठूला पाँच लिगमध्ये धेरै खर्च गर्नेमा क्रमशः चौथो र अन्तिम स्थानमा थियो ।

यी हुन् सर्वाधिक खर्च गर्ने क्लब

नयाँ सिजन सुरु हुनुअघि खेलाडी किनबेचमा धेरै खर्च गर्नेमध्ये  लगातार दोस्रो पटक आर्सनल अगाडि भएको छ । प्रिमियर लिग क्लब आर्सनलले यस सिजन १३२ मिलयन युरो खर्च गरेको छ जुन, अघिल्लो सिजनको तुलनामा ३५ मिलियन युरो कम हो ।

यस्तै जर्मन क्लब बायर्न म्युनिख ११७.५ मिलियन युरो खर्च गर्दै दोस्रो स्थानमा छ ।

प्रिमियर लिग च्याम्पियन म्यानचेष्टर सिटी तेस्रो स्थानमा छ । सिटीले १०८.७ मिलियन युरो खर्च गरेको छ । स्पानिस क्लब बार्सिलोना धेरै खर्च गर्नेमा चौथो स्थानमा छ ।

– मार्काबाट

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?