+
+

जनार्दन शर्मामाथि छानबिन : संसदीय विशेष समितिको प्रतिवेदन तयार

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन १२ गते १९:२९

१२ साउन, काठमाडौं । पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय विशेष समितिले प्रतिवेदन तयार पारेको छ । बिहीबार दिनभर सिंहदरबारमा प्रतिवेदन लेखनमा जुटेको विशेष समितिले साँझ काम सकेको समितिका एक सदस्यले जानकारी दिए ।

ती सदस्यका अनुसार सो प्रतिवेदन शुक्रबार सभामुख अग्निप्रसाद सापकोटाको समय लिएर बुझाउने तयारी छ । समितिका सदस्यहरुले प्रतिवेदनको निष्कर्षबारे जानकारी गराएका छैनन् ।

आर्थिक वर्ष २०७९/८० को बजेट निर्माणमा अनधिकृत व्यक्तिको प्रवेश गराएर करको दर हेरफेर गराएको भनी तत्कालिन अर्थमन्त्री शर्मामाथि प्रश्न उठेपछि प्रतिनिधिसभाले २२ असारमा संसदीय छानबिन विशेष समिति गठन गरेको थियो ।

सुरुमा १० दिन अवधि तोकिएको समितिले काम नसकेपछि ७ दिन थप गरिएको थियो । सो ७ दिनको म्याद बिहीबार सकिएको छ । समितिले अर्थ मन्त्रालयको सीसीटीभी फुटेज हेर्नुका साथै बजेट निर्माणमा संलग्न अधिकारी र पूर्वअर्थमन्त्री शर्मासँग पनि छलफल गरेको थियो ।

तर समितिले १४ जेठको रातिको सीसीटीभी फुटेज पाउन सकेन भने छलफल गरेका अर्थका अधिकारी र पूर्वअर्थमन्त्री शर्माले अनधिकृत व्यक्तिको प्रवेश अस्वीकार गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?