+
+

विज्ञापनमा तस्वीर दुरुपयोग भएपछि केकीको गुनासो : जनतालाई झुक्याउन खोजियो

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन १३ गते १०:१६

काठमाडौं । पछिल्लो समय सेलिब्रिटीको तस्वीर दुरुपयोग गर्ने प्रवृत्ति बढेको छ । अभिनेत्री प्रियंका कार्कीको फोटो क्रिप्टोकरेन्सीको विज्ञापनमा प्रयोग भएपछि प्रहरीको साइबर ब्युरोले उनीसँग सोधपुछ गर्‍यो ।

गत साता आफ्नो तस्वीर लोटरीको ठगीमा प्रयोग भएपछि अभिनेता राजेश हमालले गुनासो गर्दै त्यसो नगर्न आग्रह गरे । यतिबेला अभिनेत्री केकी अधिकारी तस्वीर दुरुपयोगको यो हैरानीबाट पीडित भएकी छन् ।

‘बेटर मी’ नामक एक ब्रान्डले केकीको तस्वीर प्रयोग गर्दै आफ्नो उत्पादनको प्रचार गरिरहेको छ । ‘दुई महिनामा मेरो तौल ८५ केजीको सट्टा ५५ केजी मात्र कसरी भयो ?’ उक्त उत्पादकले केकीको भेरिफाइड फेसबुक पेजको फोटोसप गर्दै पोस्ट गरेको छ ।

सामाजिक सञ्जालमा यसरी प्रचार गरिएपछि अहिले केकीलाई लगातार फोन आएर हैरान छ । ‘मैले अहिलेसम्म यस्तो विज्ञापनमा काम गरेकी पनि छैन र यस्तो भ्रममा नपर्न सबैलाई आग्रह गर्छु,’ अनलाइनखबरसँग केकीले भनिन्, ‘यसविरुद्ध कानुनी उपचारमा पनि जानुपर्ने हुनसक्छ । तस्वीर दुरुपयोग गरेर जनतालाई झुक्याउन खोजेको देखियो ।’

पछिल्लो समय प्रहरीको साइबर ब्युरोले प्रविधिसँग सम्बन्धित यस्ता घटनाको सामना गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?