+
+

‘पानीफोटो’लाई कलात्मक फिल्मको इज्जत जोगाउने चुनौती, तीनै फिल्मको ‘ओपनिङ’ सकसपूर्ण

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन १३ गते १६:१७

काठमाडौं । ट्रेलर रिलिजदेखि नै ‘पानीफोटो’ दर्शकमाझ प्रतीक्षित थियो । मौलिक कथावस्तुमा बनेको फिल्मले निर्माणदेखि नै चर्चा मात्र होइन, दर्शकलाई कौतूहलता पनि जगाउन सक्यो ।

तर घरेलु बक्स अफिसमा शुक्रबारको अकुपेन्सी हेर्दा ‘पानीफोटो’ ओपनिङ निकै कमजोर छ । शनिबार अकुपेन्सीमा केही सुधार हुने अनुमान छ । खगेन्द्र लामिछाने निर्देशित फिल्मको भविष्य अब ‘वर्ड अफ माउथ’मा निर्भर हुनेछ ।

मुख्य मल्टिप्लेक्सन चेन क्यूएफएक्ससहित ठूला हलमा फिल्मको शुक्रबारे अकुपेन्सी २० प्रतिशत छ, जुन निकै न्यून हो । अब यो फिल्मको भविष्य पहिलो सप्ताहन्तको ट्रेन्डमा निर्भर हुनेछ ।

हुन त आर्ट हाउस फिल्मको व्यावसायिक ग्राफ क्रमशः उकालो हुनु हो । तर यसको पूर्वसर्त भनेको दर्शकको सकारात्मक समीक्षा नै हो । जसको कारण अबको तीन दिनमा ‘पानीफोटो’ले त्यो ‘वर्ड अफ माउथ’ हासिल गर्नु जरुरी छ ।

अर्कोतर्फ आर्ट हाउस फिल्महरु ‘चिसो मान्छे’ र ‘दोख’ले राम्रो रिभ्यु कमाए पनि बक्स अफिसमा असफल रहे । ‘प्रकाश’ र ‘राधा’ले कस्तो बाटो समात्छन्, त्यो भविष्यको कुरा हो । तर कलात्मक फिल्मको व्यावसायिक असफलताले अब फिल्मको निर्माण शैली र दर्शकको मुडलाई गम्भीर संकेत गर्छ । के दर्शक कलात्मक फिल्मबाट टाढिएका हुन् वा कलात्मक फिल्ममै खोट छ ? यी दुई प्रश्न ‘चिसो मान्छे’ र ‘दोख’को असफलता र ‘पानीफोटो’को कमजोर ओपनिङले चित्रण गर्छन् ।

पहिलो दिनको पहिलो शो हेर्न पानीफोटोले सञ्चारकर्मीलाई बिग मुभिजमा आमन्त्रण गरेको थियो । जहाँ निर्देशक लामिछाने फिल्मको भविष्यलाई आशावादी सुनिए । उनी भन्दै थिए, ‘मलाई त फिल्मले राम्रो व्यापार गर्छ भन्नेमा आशावादी छु । अपेक्षा त नहुने कुरै भएन । फिल्मको बिहानी शो राम्रो छ । दर्शक अब बढ्नुहुन्छ,’ अभिनेत्री मलिका महत र मेनुका प्रधान पनि फिल्मको भविष्यलाई लिएर आशावादी सुनिए ।

कुरा ‘पानीफोटो’को मात्र हैन, दुई भारतीय फिल्म ‘एक भिलेन रिटर्न्स’ र ‘विक्रान्त रोना’को समेत हो । यी दुई फिल्मको ओपनिङ पनि भयंकर कमजोर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?