+
+

जनार्दन शर्मा निर्दोष प्रमाणित भइसक्नुभयो : प्रचण्ड

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन १३ गते १८:४३

१३ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्व अर्थमन्त्री शर्मा निर्दोष भएको र छानबिन समितिबाट पनि त्यही आएको बताएका छन् । ‘संसदीय छानबिनका लागि १० दिनको टाइम दिइयो,’ प्रेस सेन्टर बैठकमा कार्यक्रममा शुक्रबार प्रचण्डले भने, ‘७ दिन थपियो । आज छानबिन समितिले प्रतिवेदन बुझायो, उहाँ निर्दोष हुनुहुन्छ । प्रमाणित भइसक्यो ।’

शर्माले ल्याएको बजेटको राम्रो प्रचार हुन थालेपछि करको दर हेरफेरमा अनधिकृत व्यक्ति प्रवेश गराएको भनेर प्रचार गरिएको दाबी प्रचण्डको छ । ‘यो बजेट राम्रो छ भन्ने हुँदै थियो सबैतिर, सबैले त्यसलाई स्वागत गर्दै थिए,’ प्रचण्डले भने, ‘राती १२ बजे अनधिकृत मान्छेलाई ल्यायो, करका दरमा हेरफेर गर्‍यो । अर्थमन्त्रीलाई कारवाही गर्नुपर्छ भनेर यतिधेरै प्रचार गरियो ।’

छानबिनको कुरा उठाएपछि आफूले त्यसलाई स्वीकार गरेको भन्दै प्रचण्डले अघि भने, ‘ अनि मैले नै छानबिन गरम ल भनेको । खाएको विष पो लाग्छ, नखाएको लाग्दैन नि । छानबिन गर्न तयार भयौं। संसदीय छानबिन भयो ।’

प्रमुख प्रतिपक्षी नेकपा एमालेतिर संकेत गर्दै उनले एसपीपीमा संलग्न भएको प्रमाण सार्वजनिक भएपछि विक्षिप्त भएर अर्थमन्त्रीको कुरा चर्को गरि उठाएको दाबी गरे । ‘एसपीपीबारे डिबेट उठेपछि केही मान्छेहरुको टाउको दुख्यो,’ प्रचण्डले भने, ‘बदनाम हुने भइयो, बडो राष्ट्रवादी छवि भनेर जनतालाई भ्रम दिएकाहरु एकपछि अर्को राष्ट्रघात पो गरेका रहेछन भन्ने प्रमाण प्रस्तुत भएपछि तिनीहरु विक्षिप्त भए ।’

भिडियोमा हेर्नुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?