+
+
Shares

राम कार्कीको प्रस्ताव- अन्तरविरोधलाई महाधिवेशनबाटै महाविवादको रूपमा चलाऔं

‘पार्टीलाई विघटनको प्रक्रियामा लान सक्नुपर्छ’

उनले भनेका छन्, ‘केन्द्रीय समितिको बैठकपछि महाधिवेशन तोकेर, हाम्रा छलफल, धारणालाई महाविवादको रुपमा चलाउनुपर्छ ।’

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ १ गते १५:२४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा माओवादी केन्द्रका सचिव राम कार्कीले पार्टीभित्रको विवाद राम्रोसँग बाहिर आउन नसकेको बताएका छन्।
  • उनले महाधिवेशन तोकेर त्यसलाई महाविवादको रुपमा चलाउनुपर्ने प्रस्ताव पनि अघि सारेका छन्।
  • कार्कीले पार्टी मजदुर किसान वर्गबाट टाढिएको गुनासो गरे।
  • पार्टीलाई आवधिक र आंशिक रुपमा विघटन गर्नुपर्ने तर्क उनले राखेका छन्।

१ भदौ, काठमाडौं । नेकपा माओवादी केन्द्रका सचिव राम कार्कीले पार्टीभित्रको विवाद राम्रोसँग बाहिर आउन नसकेको बताउँदै महाधिवेशन तोकेर त्यसलाई महाविवादको रुपमा चलाउनुपर्ने बताएका छन् ।

न्युज एजेन्सी नेपालसँगको कुराकानीका क्रममा उनले पत्रपत्रिकामा पार्टीभित्रको विवादबारे सामान्य कुराहरू मात्रै आएको भए पनि राम्रोसँग सबै कुरा नआएको बताएका हुन् ।

पछिल्लो समय पार्टीका उपमहासचिव जनार्दन शर्माले सुरु गरेको नेतृत्व परिवर्तनको बहसतर्फ इंकित गर्दै सचिव कार्कीले यस्तो बताएका हुन् ।

‘हाम्रो पार्टीमा घच्याकघुच्युक चलिरहेको छ । पत्रपत्रिकामा आइरहेको छ । एउटा त पत्रपत्रिकामा हाम्रो पार्टीभित्र जे कारणले घर्षण सुरु भएको छ, त्यो राम्ररी आउन सकेको छैन,’ कार्कीले भने ।

केही समयअघिमात्रै बसेको पार्टी स्थायी कमिटी बैठकमा पनि यो बहसले स्थान पाएको थियो । बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शर्मालाई आत्मालोचना नै गर्न आग्रह गरेका थिए ।

तर, शर्माले आत्मालोचना नगर्ने बताउँदै पार्टी बैठकका माइन्युटमा हस्ताक्षर चाहिँ गर्ने बताएका थिए ।

यसैबीच पछिल्लो पार्टीको समसामयिक विषयमा कुराकानी गर्ने क्रममा सचिव कार्कीले पार्टी मजदुर किसान लगायतका आफ्ना वर्गतबाट टाढिएको बताए ।

आत्मालोचना गर्नुस्- प्रचण्ड, गर्दिनँ- जनार्दन – Online Khabar

तर, यस्तो विषयलाई महाधिवेशनबाट झनै ठूलो महाविवादका रुपमा चलाउनुपर्ने उनको तर्क छ ।

‘मुख्यकुरा भनेको, मजदुर किसान वर्गबाट पार्टी टाढियो । आफ्नो वर्गबाट टाढिएको यन्त्रणा पार्टीले भोगिरहेको छ । मुख्य कुरा अहिलेको अन्तरविरोधलाई हामीले उच्चता दिनुपर्छ,’ सचिव कार्कीले भने, ‘केन्द्रीय समितिको बैठकपछि महाधिवेशन तोकेर, हाम्रा छलफल, धारणालाई महाविवादको रुपमा चलाउनुपर्छ ।’

‘पार्टीलाई विघटनको प्रक्रियामा लान सक्नुपर्छ’

त्यस्तै, सचिव कार्कीले पार्टीलाई निरन्तर विघटनको प्रक्रियामा लैजानुपर्ने बताएका छन् ।

पार्टी र सत्ता सबै कुराको निश्चित आयु हुने भएकाले पार्टीलाई निरन्तर विघटनको प्रक्रियामा लैजान सक्नुपर्ने तर्क उनले गरेका हुन् ।

पार्टीलाई आवधिक र आंशिक रुपमा विघटन गर्न सकिएन भने पुन:गठन पनि गर्न नसकिने उनले बताए ।

‘पार्टीको, सत्ताको कुनैपनि कुराको आयु हुन्छ । व्यक्तिमा जस्तै पार्टीमा, सत्तामा पनि कमजोरीहरू हुन्छ,’ सचिव कार्कीले भने, ‘तर त्यहाँ त्यसलाई निरन्तर विघटनको प्रक्रियामा लैजानुपर्छ ।’

माओत्सेतुङको भाषामा चिनियाँ सर्वहारा सांस्कृतिक क्रान्ति चलेकै बेला पनि एउटा महत्त्वपूर्ण सार नै आवधिक र आंशिक रुपमा विघटन रहेको उनले बताए ।

‘माओत्सेतुङको भाषामा भन्ने हो भने, चिनियाँ सर्वहारा सांस्कृतिक क्रान्ति चल्यो । त्यो बेलाको एउटा सार के हो भने, पार्टीलाई पनि आवधिक रुपमा र आंशिक रुपमा विघटन गर्न सक्नुपर्छ । विघटन गर्न सकिएन भने पुन:गठन हुँदैन । यो जीवनको नियम हो,’ उनले भने ।

कार्यदिशाको मूल केन्द्रमा मजदुर र किसानलाई राखेर उनीहरुको पक्षपोषण हुने खालको कार्यदिशा लिएर अगाडी जान सकिएमा पार्टी रिभाईबल (पुन:उस्थान) हुने उनको भनाइ थियो ।

यो प्रक्रिया अपनाउन सकिएन भने महाधिवेशन पनि चण्डी, रुद्री, सत्यनारायणको पूजा लगाएजस्तो मात्रै हुने उनको भनाइ थियो ।

पछिल्लो बैठकमा प्रचण्ड, जनार्दन सवालजवाफ–

Onlinekhabar on X: "माओवादी बैठक : आत्मालोचना गर्नुस्- प्रचण्ड, गर्दिनँ- जनार्दन #onlinekhabar Read_more- https://t.co/3d5bThCfL2 https://t.co/diKPsSPbCJ" / X

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?