+
+
WC Series
काठमान्डु गोर्खाज 2025
134/6 (20)
VS
Biratnagar won by 5 wickets
Won विराटनगर किंग्स 2025
135/5 (17.1)
Shares

जनार्दनले को-कोसँग मिलेर गर्दैछन् एकता घोषणा सभा ?

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर ७ गते ७:२४

७ मंसिर, काठमाडौं । जनार्दन शर्माको पहलमा स्थापना गरिएको प्रगतिशील लोकतान्त्रिक पार्टीले आज ‘बृहत एकता घोषणा’ सभा आयोजना गर्दैछ ।

काठमाडौंको राष्ट्रिय सभागृहमा दिउँसो साढे १२ बजे एकता घोषणा सभा कार्यक्रम हुन लागेको हो ।

कार्यक्रममा बाबुराम भट्टराईले स्थापना गरेको र हाल दुर्गा सोबले नेतृत्व गरेको जसपा (नयाँशक्ति), जनार्दन शर्माको पहलमा स्थापना गरेको र हाल सुदन किराँतीले नेतृत्व गरेको प्रगतिशील लोकतान्त्रिक पार्टी, रास्वपा परित्याग गरेका विघटित प्रतिनिधि सभा सदस्य सन्तोष परियार नेतृत्वको टोलीसँग एकता घोषणा हुन लागेको हो ।

यसअघि उनीहरुबीच एकताको सहमति पत्रमा हस्ताक्षरसमेत भइसकेको छ । त्यही सहमति अनुसार आज सार्वजनिक सभा गरेर एकता घोषणा गर्न लागिएको हो ।

आजको एकता घोषणा अघि शनिबार काठमाडौंको त्रिपुरेश्वरमा भेला आयोजना गरिएको थियो । सो भेलाले एकतालाई अनुमोदन गरेको थियो ।

तत्कालीन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एकीकृत समाजवादी लगायतका दलहरुसँग एकता गरेर नेपाली कम्युनिष्ट पार्टी गठन गरेपछि शर्मा त्यसबाट अलग भएर प्रगतिशील लोकतान्त्रिक पार्टी गठनको पहल गरेका थिए । हालसम्म शर्माले सदस्य मात्र रहने भन्दै तत्कालीन माओवादी नेता सुदन किराँतीलाई नेतृत्व गर्न दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?