+
+
Shares

रास्वपा छाडेका सन्तोष परियार जनार्दनसँग छलफलमा

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २८ गते १४:५२

२८ कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गरेका सन्तोष परियारले माओवादी केन्द्र छाडेका जनार्दन शर्मासँग छलफल थालेका छन् ।

नयाँ अभियान सुरु गर्ने भन्दै रास्वपा परित्याग गरेका परियार र शर्माबीच अहिले छलफल भइरहेको छ ।

‘अहिले सन्तोष परियार र जनार्दनजी सँगै हुनुहुन्छ, उहाँहरूबीच छलफल भइरहेको छ,’ स्रोतले भन्यो ।

परियारको पृष्ठभूमि कम्युनिस्ट भएको हुँदा उनी केही समय देखि अन्य पक्षसँग संवादमा रहेको रास्वपा नेतृत्व जानकार थियो ।

रास्वपाका एक शीर्ष तहका नेताले अनलाइनखबरलाई बताएअनुसार रास्वपाका पूर्वप्रमुख सचेतक परियार माओवादी केन्द्र छाडेका जनार्दन शर्मासहित घनश्याम भूसाल, नेत्रविक्रम चन्द विप्लव, मानुषी यमी लगायतसँग संवादमा रहेको आफूहरूलाई जानकारी रहेको ती नेताले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?