News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपा माओवादी केन्द्रकी स्थायी समिति सदस्य अन्जना विशंखे नेता जनार्दन शर्मा समूहबाट अलग भएकी छन्।
- अन्जना विशंखेले नयाँ वाम मोर्चा बनाउने योजना अस्वीकार गरी नयाँ पार्टीमा फर्किएकी छन्।
- उनले नयाँ पार्टी दर्ताका लागि आयोगमा पठाउने कागजातमा हस्ताक्षर गरेकी छन् र पार्टी दर्ताका लागि तयारी भइरहेको छ।
२३ कात्तिक, काठमाडौं । नेकपा माओवादी केन्द्रकी स्थायी समिति सदस्य अन्जना विशंखे नेता जनार्दन शर्मा समूहबाट अलग भएकी छन् ।
माओवादी केन्द्र र एकीकृत समाजवादीसहितका दलसँगको एकतालाई अस्वीकार गर्दै नयाँ वाम मोर्चा बनाउने कित्तामा उभिएकी बिशंखे अन्तत: एकतालाई अनुमोदन गर्दै नयाँ पार्टीमा फर्किएकी हुन् ।
माओवादी केन्द्र र एकीकृत समाजवादीसहित १० वामपन्थी समूहबीच १९ कात्तिकमा काठमाडौंमा एकता सभा गरेर नयाँ दल नेपाली कम्युनिष्ट पार्टी घोषणा गरिएको थियो ।
तर, माओवादी केन्द्रका उपहासचिव जनार्दन शर्मा, स्थायी कमिटी सदस्य राम कार्की र बिशंखेसहितका नेताले पत्रकार सम्मेलन गरेर छुट्टै प्रगतिशील मोर्चा बनाउने घोषणा गरेका थिए । बिशंखे पनि सो पत्रकार सम्मेलनमा उपस्थित थिइन् ।
तर, आइतबार बिशंखेले एकतापछि बनेको नेपाली कम्युनिस्ट पार्टी दर्ताका लागि आयोगमा पठाउने कागजातमा हस्ताक्षर गरेको संयोजक प्रचण्डको सचिवालयले जनाएको छ ।
‘उहाँले नयाँ पार्टी दर्ताको कागजातमा आज केन्द्रीय कार्यालय पेरिसडाँडा पुगेर हस्ताक्षर गर्नुभएको छ, उहाँ कतै जानुभएको छैन,’ प्रचण्डको सचिवालयका एक सदस्यले भने ।
नव गठित नेपाली कम्युनिस्ट पार्टी दल दर्ताका लागि निर्वाचन आयोग जाने तयारीमा छन् । प्रचण्ड संयोजक बनेका यस पार्टीमा माधव कुमार नेपाल सहसंयोजक छन् ।
प्रतिक्रिया 4