+
+

फोहोरभित्रको गिरोहले नै फोहोर व्यवस्थापन हुन दिएन : मन्त्री श्रेष्ठ

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन १४ गते १२:१८

१४ साउन, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले फोहोर भित्रको गिरोहले नै फोहोरमैलाको व्यवस्थापन हुन नदिएको दाबी गरेका छन् ।

शनिबार काठमाडौंको वंघ इन्द्रचोक र ऐतिहासिक बंघ दबूको उद्घाटन कार्यक्रममा उनले भने, ‘फोहोरमैलाको कुराहरु अहिले लामै कथा भइसकेको छ । सामान्य कुरा हो तर हामीले त्यसलाई अहिलेसम्म पनि समाधान गर्न सकेका छैनौं । फोहोरमैला भित्रको गिरोहले फोहोरमैला समाधान गर्न दिँदैन ।’

अब स्थानीय तहले नै फोहोरमैलालाई स्रोतबाट नै व्यवस्थापन गर्नेतर्फ लाग्नुपर्ने मन्त्री श्रेष्ठले बताए । स्थानीय सरकारलाई फोहोरमैला व्यवस्थापन गर्ने कुरामा संघीय सरकारको सहयोग रहने पनि उनले बताए ।

मन्त्री श्रेष्ठले मठमन्दिरहरुमा सरसफाइ गर्न राष्ट्रिय अभियान सुरु गर्न लागेको पनि बताए । ‘हामी मठमन्दिरहरुमा सरसफाइ गर्न राष्ट्रिय अभियान सुरु गर्दैछौं । त्यहाँबाट नै चेतनाको अभियान सुरु हुनेछ । यी योजना पूरा गर्न संघ, प्रदेश र स्थानीय सरकारको बीचमा समन्वय गरेर कामहरु लैजान्छौ‌ं’ मन्त्री श्रेष्ठले भने ।

मन्त्री श्रेष्ठले प्रदेश र स्थानीय सरकार बलियो छ भन्ने कुरा अहिलेसम्म पनि बुझाउन नसकेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?