+
+

एप्पलका कारण फेसबुकको आम्दानीमा धक्का

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन १५ गते १२:१८

काठमाडौं । फेसबुकको मातृ कम्पनी मेटाको आम्दानीमा पहिलोपटक गिरावट आएको छ । सन् २०१२ मा फेसबुक कम्पनी सार्वजनिक कम्पनी बनेयता कम्पनीको आम्दानी पहिलोपटक घटेको हो ।

फेसबुक, ह्वाट्सएप, इन्स्टाग्राम लगायतका सोसल मिडिया प्लाटफर्मको स्वामित्व रहेको मेटा कम्पनीको आम्दानी घट्नुका विभिन्न कारणहरु छन् । डिजिटल विज्ञापनको बिक्रीमा बढ्दो प्रतिस्पर्धासँगै विश्वव्यापी आर्थिक मन्दी तथा मेटाका आफ्ना केही निर्णयका पनि यसका कारक हुन् । त्यस्तै मेटाको आम्दानी घट्नुको अर्को मुख्य कारण चाहिं एप्पल हो ।

यस विषयमा मेटाका प्रमुख वित्तीय अधिकृत डेभिड वेनरले जानकारी दिएका छन् । यो वर्षको सुरुवातमै उनले यो कुराको भविष्यवाणी गरेका थिए कि सन् २०२२ मा कम्पनीको व्यवसायमा एप्पलको अपरेटिंग सिस्टम आईओएसले सम्पूर्णतः प्रभाव पार्नेछ ।

गत बुधबार मेटाले सार्वजनिक गरेको सन् २०२२ को दोस्रो त्रैमासिकको रिपोर्ट अनुसार कम्पनीको आम्दानी १ प्रतिशतले घटेको छ ।

आखिर एप्पलको त्यस्तो कुन फिचर छ जसका कारण मेटालाई नोक्सानी भैरहेको छ ?

वास्तवमा एप्पलले आइओएस १४.५ सँगै App Tracking Transparency फिचर थप गरेको छ । यो फिचर आईओएसको पछिल्लो अपडेटमा पनि उपलब्ध छ र धेरैजसो आइफोनमा छ ।

एप्पलको यो फिचरले प्रयोगकर्ताहरुलाई उनीहरुको डाटामाथि नियन्त्रण प्रदान गर्दछ । अर्थात् प्रयोगकर्ताले यो फिचरको सहयोगमा आफ्नो डाटालाई फेसबुक लगायतका अन्य प्लाटफर्ममा व्यापारिक प्रयोजनमा उपयोग हुनबाट रोक्न सक्दछन् ।

सोही कारणले फेसबुकको व्यवसायमा यसको असर परिरहेको छ । जब आइफोन प्रयोगकर्ताले यो फिचर अन गर्दछन् तब दुईवटा अप्सन देखा पर्दछन् : आइफोनमा चलाउने एपहरुलाई ट्रयाक गर्न दिने वा नदिने ।

प्रयोगकर्ताले आफ्नो इच्छाले कुनैपनि विकल्प चयन गर्न सक्दछन् । यदि कुनै प्रयोगर्ताले कुनैपनि एपलाई आफ्नो गतिविधि ट्रयाक गर्न नदिने अप्सन छान्यो भने एप डेभलपर्सलाई प्रयोगकर्ताको IDFA मा पहुँच हुँदैन । यो डिभाइसको एक आईडी हो । जसको उपयोग एपहरुले प्रयोगकर्ताहरुलाई अनलाइन विज्ञापन देखाउनमा गर्दछन् ।

एप्पलको उक्त फिचरको अनलाइन विज्ञापन कम्पनीहरुले पनि विरोध गरेका थिए । फेसबुक अर्थात् मेटाले त यस विरुद्धको अभियान नै चलाएको थियो । एप्पलले उक्त फिचर प्रयोगकर्ताको गोपनीयताको लागि नभई आफ्नो नाफाको लागि ल्याएको फेसबुकको आरोप थियो ।

– एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?