+
+

नेपालमै बाइक एसेम्बल गर्दै यामाहा

बजाज र टीभीएसपछि यामाहाले पनि नेपालमै आफ्नो एसेम्बल प्लान्ट स्थापना गर्ने भएको छ । यसका लागि कम्पनीले नवलपरासीमा जग्गाको व्यवस्था गरिसकेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन १५ गते १४:२०

१५ साउन, काठमाडौं । बजाज र टीभीएसपछि यामाहाले पनि नेपालमै आफ्नो एसेम्बल प्लान्ट स्थापना गर्ने भएको छ । यसका लागि कम्पनीले नवलपरासीमा जग्गाको व्यवस्था गरिसकेको छ ।

कम्पनी दर्ताको प्रक्रिया पनि सकाएको छ । यामाहाले तल्लो रेन्ज र बढी माग हुने मोडलका बाइकहरु उत्पादनका लागि प्लान्ट खोल्न लागेको हो ।

‘प्लान्ट राख्न तयारी अघि बढेको छ, कहिलेबाट उत्पादन हुने भन्ने तय भइसकेको छैन’ कम्पनीका एक अधिकारीले भने ।

मोरङ अटोवर्क्स (एमएडब्ल्यू)ले यसअघि नै जपानिज बाइक उत्पादक कम्पनी यामाहालाई प्लान्ट स्थापनाका लागि आग्रह गर्दै आएको थियो । तर, सुरुमा खासै रुची नदेखाएको कम्पनीले पछिल्ला दिनमा सरकारले ‘अनएसेम्बल्ड बाइक’को आयातमा छुट दिने र ‘एसेम्बल बाइक’मा कर बढाउने नीति लिएपछि प्लान्ट स्थापनाको अनुमति दिएको हो ।

एमएडब्ल्यूले यामाहाका आर–३, आर–१५, फेजर–२५, एफजेड–२५ एफजेड एक्स, एफजेडएस भी ३ कनेक्ट, एफजेड एस–भी२, एमटी–१५ बीएस–६, एफजेड भी–२, एसजेड आरआर, साालुटो, एक्सटीजेड १५० एफआई मोटरसाइकल बिक्री गर्छ । फेसिनो १२५ एफआई, रेजेडआर १२५ एफआई, रेजेडआर एफआई १२५ स्ट्रिट र्‍याली, एनम्याक्स १५५, फेसिनो ११३, रेजेडआर एफआई ११३ स्ट्रिट र्‍याली रे जेड १३३ स्कुटर पनि बिक्री गर्छ । यीमध्ये यामाहाले कुन-कुन बाइकहरु नेपालमै एसेम्बल गर्छ भन्ने तय भइसकेको छैन ।

एसेम्बल प्लान्ट चलाउन एमएडब्ल्यूले एमएडब्ल्यू अटो प्रालि नामको कम्पनी यसअघि नै दर्ता गरिसकेको थियो । १ अर्ब ५१ करोड ५० लाख रुपैयाँ लगानी गर्ने गरी कम्पनी दर्ता भएको थियो ।

मोटरसाइकल र स्कुटर उत्पादन गर्ने प्रयोजनमा कम्पनी दर्ता भएको उद्योग विभागले जनाकारी दिएको छ । १४४ जनालाई रोजगारी दिने गरी दर्ता भएको कम्पनीले केही समयभित्रै व्यावसायिक उत्पादन सुरु गर्ने योजना बनाएको छ ।

नेपालका लागि बजाजको आधिकारिक बिक्रेता हंशराज हुलास चन्द एन्ड कम्पनीले हुलास अटो क्राफ्ट र टीभीएसको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले मोटरसाइकल एसेम्बल गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?