+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
155/7 (20)
VS
Sudurpaschim Royals won by 77 runs
विराटनगर किंग्स 2025
78/10 (14.1)
Shares

टीभीएसले ल्यायो बब्बाल फाइनान्स अफर

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन १५ गते १६:४१

काठमाडौं । नेपालका लागि टीभीएस मोटर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले आफ्नो नयाँ ‘बब्बाल फाइनान्स अफर’ ल्याएको छ ।  जस अन्तर्गत कम्पनीले आकर्षक सुविधाहरु प्रदान गर्दै आएको छ ।

यस योजना अन्तर्गत ग्राहकहरुले टीभीएस मोटरसाइकल र स्कुटर २० प्रतिशत डाउनपेमेन्ट सुविधामा अथवा न्यूनतम ईएमआई क्रमश: जुपिटरमा ३ हजार ९०८, एनटी ओरक स्क्वाड इडिसनमा ५ हजार २५४ र अपाची आरटीआर २०० ४भीमा ६ हजार ८२२ रुपैयाँ खरिद गर्न सक्नेछन् । त्यसैगरी अपाची आरटीआर २००४भीको नगद खरिदमा ग्राहकहरूले टीभीएस रेसिङ ज्याकेट नि:शुल्क प्राप्त गर्न सक्नेछन् ।

यसका साथै कुनै पनि पुरानो मोटरसाइकल वा स्कुटर एक्सचेन्ज गरी नयाँ टीभीएस खरिद गर्दा बजारकै उत्कृष्ट मूल्यांकनका  गराउने टीभीएसले जनाएको छ।  यस योजना अन्तर्गत ग्राहकहरुले झन्झट मुक्त कागजात प्रक्रियाबाट टीभीएस मोटरसाइकल र स्कुटर खरिद गर्न सक्नेछन ।

टीभीएसका प्रबन्ध निर्देशक दीपक रौनियारले यो फाइनान्स योजनाले ग्राहकहरुलाई टीभीएस खरिद गर्न अझै सजिलो बनाउने बताए । यो योजनाले नयाँ टीभीएस मोटरसाइकल र स्कुटर खरिदका लागि आर्थिक भार कम गर्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?