+
+

विराटनगरमा टीभीएसको एओजी राइड, ३५ जना सहभागी

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन १५ गते १७:१०

काठमाडौं । टु–ह्विलर्स कम्पनी टीभीएसले विराटनगरमा अपाची अनर्स ग्रुप (एओजी) राइड कार्यक्रम सम्पन्न गरेको छ । रोमाञ्चक राइडमा सहभागी हुने इच्छुक ग्राहकको समूह बनाएर एओजी राइड कार्यक्रम सञ्चालन गरेको कम्पनीको भनाइ छ ।

विराटनगरस्थित महेन्द्र चोकबाट सुरु भएको राइड नेता चोक-विराट चोकदेखि इटहरी- इनरूवा हुँदै कोशी टप्पुस्थित अकवा बर्ड ई-को रिसोर्टमा पुगेर सम्पन्न भएको कम्पनीले जनाएको छ ।

विभिन्न पेशामा सहभागी ३५ जना राइडरहरूले एओजीमा सहभागिताका लागि छनोट गरेको थियो । एओजीमा सहभागिताका लागि २०० भन्दा धेरै आवेदन परेको र यो संस्करणका लागि दर्ता गरेका मध्ये बाँकी राइडरहरूलाई विराटनगरमै आयोजना हुने अरू संस्करणमा सहभागिता गराउने कम्पनीले बताएको छ ।

विराटनगरसँगै अरु ठाउँमा  पनि एओजी राइडका लागि दर्ता प्रक्रिया खुला गरिसकेको र  नेपालका विभिन्न ठाउँहरूमा पनि एओजी राइड सञ्चालन गरी सकेको कम्पनीले जनाएको  छ । एओजीमा सहभागी भई विभिन्न राइडमा  मात्र नभई अन्तर्राष्ट्रिय कार्यक्रमहरूमा  पनि सहभागी हुने मौका पाइने कम्पनीले जनाएको छ ।

जगदम्बा मोटर्सका प्रोडक्ट मेनेजर प्रशान्त राजभण्डारीले अपाची राइडर्सहरुको उत्साह देखेर निकै खुशी लागेको भन्दै चाँडै नै एओजीबाट फेरी अर्को यात्रा सञ्चालन हुने बत ए । एओजी राइडमार्फत नेपालमा अपाची राइडर्सहरुको समूहलाई बलियो बनाउँदै ग्राहकहरुलाई अझै नजिक राख्ने प्रयास स्वरुप कार्यक्रम सञ्चालन गर्ने गरिएको उनको भनाइ छ ।

कोशी टप्पु स्थित अकवा बर्ड ई-को रिसोर्ट पुगेका सन्दिप पोख्रेलले एओजीमा सहभागी हुँदाको आफ्नो अनुभव सेयर गर्दै भन्छन्, ‘हामीले मार्शलसँग धेरै सवारी प्रविधिहरू सिक्नुका साथै नयाँ साथीहरू भेट्न पाएका छौं । विराटनगरमा आयोजना हुँदा आफू जस्तै अपाची प्रेमी भेट्न पाउँदा र राइडमा सहभागी हुँदा खुसी नै बेग्लै लागेको छ । अब आउने दिनमा पनि टीभीएसले यस्तो कार्यक्रम आयोजना गर्नेछ भन्ने आशा राख्दछु । राइडमा साथीहरू पनि बनाएँ र रोमाञ्चक यात्रामा रमाउने मौका पनि पाएँ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?