
Photo Credit : twitter.com/Cristiano
टिमका साथीहरूसँग रोनाल्डो ।
१५ साउन, काठमाडौं । पछिल्लो समय क्लब छाड्ने चर्चा चलिरहेका बेला क्रिस्टियानो रोनाल्डो म्यानचेष्टर युनाइटेडको टोलीमा समावेश भएका छन् ।
म्यानचेस्टर युनाईटेडले प्रि सिजन टुरमा थाइल्याण्ड र अष्ट्रेलिया भ्रमण गर्दा पारिवारिक कारण देखाउँदै रोनाल्डो टिममा थिएनन् । त्यसपछि पनि उनी गत साता मात्र म्यानचेष्टर पुगेका थिए ।
युनाइटेडले नयाँ सिजनअघि ओल्ड ट्राफोर्डमा आइतबार रायो भालेकाने विरुद्ध खेल्दैछ र त्यस खेलका लागि रोनाल्डो पनि टिममा समावेश छन् ।
उनी मैत्रीपूर्ण खेल अघि टिमको प्रशिक्षणमा समेत सामेल भएका थिए । रोनाल्डोले पनि सामाजिक संजालमार्फत आफूले क्लब नछाड्ने र भालेकानोविरुद्धको मैत्रीपूर्ण खेल खेल्ने बताएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4