+
+

धनगढीका अटोरिक्सा व्यवसायीको आन्दोलन फिर्ता

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन १५ गते १८:२५

१५ साउन, धनगढी । धनगढी उपमहानगरपालिका लगायतका सरोकारवाला पक्षले विद्युतीय रिक्सालाई व्यवस्थित गर्ने प्रतिवद्धता जनाएपछि चालरुले आन्दोलनका फिर्ता लिएका छन् ।

ट्राफिक प्रहरीले चालक अनुमति पत्र (लाइसेन्स) नभएको भन्दै दैनिक जरिवाना तिराउन थालेपछि आइतबार सेवा ठप्प पारेर आन्दोलित भएका विद्युतीय रिक्सा चालकहरु उपमहानगरपालिका, जिल्ला ट्राफिक प्रहरी कार्यालय र यातायात व्यवस्था कार्यालयको प्रतिवद्धतापछि काममा फर्किएका छन् ।

विद्युतीय रिक्सा चालक संघका अध्यक्ष मिनराज जोशीले धनगढी उपमहानगरपालिकाले रिक्सालाई व्यवस्थित गर्न कार्यविधि बनाइरहेको तथा ट्राफिक प्रहरी र यातायात व्यवस्था कार्यालयले चालक अनुमति पत्र (लाइसेन्स) का लागि छिट्टै आवेदन खोल्ने प्रतिवद्धता जनाएको जानकारी दिए ।

‘उहाँहरुको प्रतिबद्धतापछि हामी आन्दोलनका कार्यक्रम फिर्ता गरेर नियमित काममा फर्किएका छौँ,’ जोशीले भने, ‘तत्काल लाइसेन्सको विषयलाई लिएर प्रहरीले जरिवाना नलिने तर रिक्साको ब्लुबुक नबोकेको खण्डमा भने कारवाहीको दायरामा ल्याउने सहमति भएको छ ।’

यातायात व्यवस्था कार्यालयले सवारी चालक अनुमति पत्र (लाइसेन्स) को आवेदन फारम नखोल्ने तर ट्राफिक प्रहरीले लाइसेन्स नभएको भन्दै दैनिक जरिवाना तिराउन थालेको भन्दै विद्युतीय रिक्सा चालकहरु आइतबार बिहानैदेखि आन्दोलित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?