+
+

कास्कीमा पहिरोमा परी १ जनाको मृत्यु, २ जना घाइते

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन १६ गते ७:५४

१६ साउन, पोखरा । कास्कीको पोखरा महानगरपालिका–६ डिहिकोपाटनमा पहिरोले घर पुरिंदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

गएराति करिब १ बजे पहिरोमा परेर लक्ष्मी खड्का क्षेत्रीको घरमा डेरा गरी बस्ने २६ वर्षीय सन्तोष सुनारको मृत्यु भएको हो ।

कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नं.१ भुर्जुङखोला तातोपानी घर भएका उनलाई १ बजेर ५५ मिनेटमा उद्धार गरी पश्चिम क्षेत्रीय अस्पताल पठाइएको थियो । सन्तोषलाई डाक्टरहरुले २ बजेर २० मिनेटमा मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

पहिरोमा परेर सन्तोषकी दिदी २७ वर्षीया सुनिता सुनार र उनकी १० वर्षीया छोरी सिम्रन सुनार घाइते भएका छन् । उनीहरुको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ । उनीहरुमा बाहिरी चोट नदेखिएको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

पहिरोको जानकारी पाएलगत्तै जिल्ला प्रहरी कार्यालय कास्कीबाट प्रहरी नायव उपरीक्षक डिएसपी सुन्दर तिवारीको कमाण्डमा २५ प्रहरी र सशस्त्र प्रहरी बल कालिका गणका इन्सपेक्टर उमेश ढकालको कमाण्डमा १५ जनाको टोली उद्धारमा खटिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?