+
+

पशुपतिमा बोलबम यात्री (फोटो फिचर)

शंकर गिरी शंकर गिरी
२०७९ साउन १६ गते ९:५८

१६ साउन, काठमाडौं । आज साउन महिनाको तेस्रो सोमबार पनि पशुपति क्षेत्रमा शिवभक्तहरुको घुइँचो छ । पहेंलो बस्त्रधारी बोलबम तीर्थालुहरुको पशुपति लगायतका शिव मन्दिरहरुमा चहलपहल छ ।

वर्षेझरीको पर्वाह नगरी शिवभक्तहरु पशुपति मन्दिरमा पूजा गरी प्रसाद ग्रहण गर्न पुगेका छन् । साउन महिनाका हरेक सोमबार शिवको पूजाआजा गरे सुख, शान्ति र अटल सौभाग्य मिल्ने धार्मिक विश्वास गरिन्छ । त्यसैले साउनको सोमबार शिवको प्रियबार भएको भन्दै यसै दिन शिवभक्तहरु शिव मन्दिरहरुमा पुग्छन् ।

यस दिन शिवलाई शुद्ध जल चढाउने चलन छ । बोल बम तीर्थालुहरु सुन्दरीजलबाट जल ल्याएर पशुपतिमा अर्पण गर्छन् । उनीहरु खाली खुट्टा सुन्दरीजलदेखि पशुपतिसम्म पैदल यात्रा गर्छन् ।

लेखकको बारेमा
शंकर गिरी

शंकर गिरी फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?