+
+

राष्ट्रिय वाणिज्य बैंकको ‘फुल डबल मुद्दती’ योजना सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन १६ गते १३:२०

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले ‘फुल डबल मुद्दती’ खाता सञ्चालनमा ल्याएको छ ।
ग्राहकले यो मुद्दती खातामा लगानी गरेको रकम ६ वर्ष ७ महिना २३ दिनमा दुई गुणा हुने छ । सो अवधिको अन्त्यमा बैंकले कुनै पनि शुल्क कट्टी नगरी ग्राहकलाई पूरा दोब्बर रकम भुक्तानी गर्नेछ । यो योजनामा ग्राहकले कुल रकमको ९० प्रतिशतसम्म कर्जा लिन सक्नेछन् ।

यो मुद्दती खाता खोल्ने ग्राहकहरुले लकर सेवामा शत प्रतिशत, क्रेडिट कार्ड सुविधामा ५० प्रतिशत छुट पाउनेछन् । त्यसैगरी डेबिट कार्ड, मोबाइल बैंकिङ सेवामा सुरुको वर्ष निःशुल्क र बाँकी अवधिको शुल्कमा ५० प्रतिशत छुट लगायत अन्य आकर्षक सुविधाहरु पनि प्रदान गरिनेछ । देशभरका सम्पूर्ण शाखा कार्यालयहरु मार्फत यो मुद्दती खाता खोल्न सकिने छ ।

राष्ट्रिय वाणिज्य बैंकको ७७ जिल्लामा २५८ वटा शाखा कार्यालय, ५१ वटा एक्सटेन्सन काउन्टर, २६८ वटा एटLएम र १०२ वटा शाखा रहित बैंकिङ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?