+
+

यस्तो छ काभ्रेस्थलीमा ४ जनाको शव भेटिएको घर

शंकर गिरी शंकर गिरी
२०७९ साउन १६ गते १४:५६

१६ साउन, काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिका-२ काभ्रेस्थली, पदमसालमा सोमबार विहान दिनेश पाण्डेका घरका सबै जना मृत अवस्थामा भेटिए ।

घटनास्थलमा पुगेको प्रहरी टोलीले दिनेशको एक एउटा कोठामा र पत्नी सुनीता, छोरा आशिक र छोरी आशिकाको शव अर्को कोठामा फेला पारेको छ ।

दिनेशले पत्नी र छोराछोरीको हत्या गरेर आफूले आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको प्रहरीको भनाइ छ । प्रहरीले ४ पेजको ‘सुसाइड नोट’ पनि घटनास्थलमा भेटेको छ ।

सोमबार विहानैदेखि घटना भएको घर र वरपर सर्वसाधारणको भीड लागेको छ । पाण्डे परिवारको एक तले घरको भित्र, बाहिर र सडकमा समेत सर्वसाधारणको भिड लागेको छ ।

हेर्नुहोस् तस्वीरहरु

लेखकको बारेमा
शंकर गिरी

शंकर गिरी फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?