
फाइल तस्वीर
१६ साउन, काठमाडौं । विदेशबाट नेपाल आउँदा यात्रुले अब सीसीएमसी फारम भर्नु नपर्ने भएको छ । गृह मन्त्रालयले १२ साउनमा अध्यागमन विभागलाई पत्राचार गर्दै यसबारे जानकारी गराएको हो ।
विभागका निर्देशक अन्जन न्यौपानेका अनुसार यसअघि अध्यागमन विभागले २ चैत २०७८ मा जारी गरेको सूचनाको बुँदा नम्बर ५ मा उल्लेख यो प्रावधानबाहेक अन्य नियम भने यथावत कायम राखिएको छ ।
विभागका अनुसार सो दिनको सूचनामा उल्लेख कोभिड-१९ खोप लगाएको प्रमाण पेश गर्नुपर्ने नियम यथावत राखिएको छ । खोप नलाएका यात्रुले ७२ घण्टा भित्रको पीसीआर नेगेटिभ आएको प्रमाणपत्र पेश गर्नुपर्छ ।
हेर्नुहोस् सूचना:
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4