
१७ साउन , काठमाडौं । खाद्य प्रविधि तथा गुणनियन्त्रण विभागले एक वर्षमा न्यूनस्तर तथा दूषित खाद्य पदार्थ उत्पादन तथा बिक्री वितरण गरेको आराेपमा ११५ वटा कम्पनीविरुद्ध मुद्दा दायर गरेको छ ।
वर्षभरि ४ हजार ६६० वटा वस्तुको नमुना संकलन गर्दा २२४ वटा वस्तुको नमुना मानिसकाे स्वास्थ्य प्रतिकूल रहेको पाइएकाे विभागकी महानिर्देशक डा. मतिना जाेशी वैद्यले जानकारी दिइन् । जसमध्ये ११५ वटा नमुना मुद्दामा गएकाे र केहीमा अनुसन्धान जारी छ ।
विभागका अनुसार नमुना परीक्षणमा मानव स्वास्थ्यका लागि प्रतिकूल खाद्यवस्तु सबैभन्दा धेरै तरकारी तथा सागपातमा देखिएकाे छ । धेरै मुद्दा भने खाद्यान्न र दलहनकाे उत्पादकविरुद्ध दायर गरिएको विभागका प्रवक्ता माेहनकृष्ण महर्जनले जानकारी दिए ।
आव २०७८/७९ मा खाद्यान्न र दलहनकाे ३०, दूध तथा दुग्ध पदार्थका १९, दानाका १८, पिउने पानीका १४ र कफीका ८ वटा उत्पादकविरुद्ध मुद्दा दर्ता भएको छ । यस्तै फलफूल तथा सागपातकाे ७ वटा, मसलाकाे ५ वटा, गुलियाे पदार्थको ३ तथा घ्युजन्यका २ वटा कम्पनी, साेयाससकाे एक र अन्य ८ वटा कम्पनीविरुद्ध पनि विभागले मुद्दा दायर गरेकाे जनाएको छ ।
प्रतिक्रिया 4