+
+

मेयर हर्क सम्पाङको अभिव्यक्ति गैरजिम्मेवार : एमाले

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन १७ गते १५:०१

१७ साउन, धरान । नेकपा एमालेले धरान उपमहानगरपालिकाका मेयर हर्क सम्पाङमाथि गैरजिम्मेवारपूर्ण अभिव्यक्ति दिएको आरोप लगाएको छ ।

एमालेको धरान कमिटीका अध्यक्ष हर्कजंग एडेङले मंगलबार विज्ञप्ति जारी गर्दै बराह बचत तथा ऋण सहकारी पीडितहरुबारे मेयर सम्पाङले दिएको अभिव्यक्तिप्रति आप्पत्ति जनाएका हुन् । एमालेको विज्ञप्तिमा भनिएको छ, ‘नगरप्रमुख हर्कराज राईका पछिल्ला गैरजिम्मेवार पूर्ण अभिव्यक्तिले जनप्रतिनिधि, नगर कार्यपालिका र सिंगो धरानबासीको गरिमा खस्किएको छ ।’

साथै मेयरको कार्यालय भएको तोडफोडकोे जिम्मेवार पनि स्थानीय सरकार प्रमुख भएको एमालेले बताएको छ । पीडितहरुले उठाएको विषयमा गैरजिम्मेवार अभिव्यक्तिका कारण घटना भएको भन्दै एमालेले भनेको छ, ‘घटनापश्चात पनि सामाजिक सञ्जालमार्फत पीडित जनतालाई धम्कीको भाषा प्रयोग गरिएपछि अवस्था झनै विथोलिएको छ ।’

बराह संघर्ष समितिका संयोजक खगेन्द्र नेपाललाई जोडेर पूर्व उपमेयर मञ्जु भण्डारी र सिंगो एमालेको बद्नाम गर्न खोजेको एमालेको आरोप छ । मेयर राईकै अभिव्यक्तिकै कारण संघर्ष समितिका संयोजकलाई जातिगत आक्षेप लगमउम्दे जातीय सद्भाव थिाल्न ओजिएको समेत एमालेले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?