+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

प्रदेश १ को नामकरणमा एमालेले हलो अड्कायो : जसपा सांसद लिम्बु

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन १७ गते १५:५४

१७ साउन, विराटनगर । प्रदेश १ के प्रदेशसभामा जनता समाजवादी पार्टीका सांसद रामचन्द्र लिम्बुले नेकपा एमालेले हलो अड्काउने काम मात्र गरेको टिप्पणी गरेका छन् ।

मंगलबार प्रदेश १ को प्रदेशसभा बैठकमा उनले प्रदेशको नामकरणका लागि सत्ता गठबन्धनको दुई तिहाइ मत नभएकाले एमालेले हलो अड्काउने कम गरेको आरोप लगाए ।

‘गठबन्धनको एक्लै दुई तिहाई पुग्दैन, एमालेको समर्थन विना नाम पास हुदैन’, प्रदेशसभा सदस्य लिम्बुले भने, ‘एमालेका साथीहरुले चार वर्षसम्म हलो अड्काएर अहिले गोरु कुट्ने, नामकरणका लागि होहल्ला गर्ने काम देखिएको छ, यो ठीक होइन ।’

एमालेले प्रदेशको काम कोसी राख्नुपर्ने प्रस्ताव गरेको छ । तर सांसद लिम्बुले नेपालमा कोसी नदी नै नभएको टिप्पणी गरे । ‘यहाँ कोसी प्रदेशको कुरा आएको छ, किरात र लिम्बुवान सभ्यता हो, कोसी भनको भीमनगरदेखि दक्षिण तर्फ (भारत) मात्रै पक्ष’, उनले फेरि भने, ‘भीम नगर उत्तरतर्फको नदीलाई कोसी भनिदैन, सप्तकोसी भनिन्छ ।’

बैठकको विशेष समयमा बोल्दै नेपाली कांग्रेस सांसद लिला सुब्बाले सबैलाई स्वीकार हुने नाम राख्नुपर्ने बताइन् । ‘पहिचान पनि भेटिने जातीय द्वन्द्व पनि मेटिने नाम राख्नुपर्छ,’ उनले भनिन्,‘ बाहिर आन्दोलन भइरहेको विषयलाई पनि हेर्नुपर्छ ।’

बैठकको शून्य समयमा माओवादी केन्द्रकी सांसद उमिता विश्वकर्माले पहिचानका आधारमा नामकरण गर्न माग गरिन् । चालु अधिवेशनबाटै पहिचानका आधारमा नाम राख्नुपर्ने उनको भनाइ छ ।

माओेवादी सांसद पूर्णप्रसाद राजवंशीले पहिचानका आधारमा कोचको प्रतिनिधित्व हुनेगरी नाम राख्नुपर्ने बताए । कोचलाई नामकरण गर्दा नसमेटिए विद्रोह हुने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?