+
+

इङ्ल्यान्ड महिला फुटबलको चुलिएको चर्चा

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन १७ गते १८:०२

१७ साउन, काठमाडौं । युरो २०२२ मा महिला फुटबलको स्वरुप परिवर्तन भएको थियो । फाइनलमा भिडेका जर्मनी र इङ्ल्यान्डको खेल झनै आकर्षक रह्यो । नियमित समयमा १–१ को बराबरीमा सकिएको खेलको अतिरिक्त समयमा इंग्ल्याण्ड भाग्यमानी रह्यो ।

इंल्याण्डको राष्ट्रिय वेम्बली रंगशालामा ८७ हजार १९२ दर्शक युरो फाइनल हेर्न पुगेका थिए । यो खेलले महिला फुटबल चलायमान भएको पुष्टि गरेको छ । चलायमान यस अर्थमा कि, महिला फुटबल पनि पुरुषको तुलनामा प्रतिस्पर्धात्मक बनेको छ, खेलको अन्तिम समयसम्म खेलको रोमाञ्चकता पनि उस्तै थियो ।

आठ पटकको युरो च्याम्पियन जर्मनीलाई अन्तिम क्षणमा पछि पारेको इङ्ल्यान्डले महिला फुटबलको परिवर्तित स्वरुपको एक इतिहास रच्यो । इङ्ल्यान्डका लागि यो सिनियर फुटबलमा ५६ वर्षपछि भित्रिएको पहिलो उपाधि रह्यो ।

महिला फुटबल टिमले इङ्ल्यान्डमा उनीहरुलाई हेर्ने दृष्टिकोण परिवर्तन गरे । यो सफलताको पछाडि प्रशिक्षक र मेहनती खेलाडीको परिश्रम छ ।

परिश्रमपछिको खुसी र सुख उनीहरुको अनुहारमा स्पष्ट देखिन्थ्यो । इंग्ल्याण्डको पुरुष टिम युरो २०२० मा फाइनल पुग्न सकेको थिएन । महिला टिमले यो सपना पूरा गरिदिएका छन् ।

इङ्ल्यान्डका लागि ९० मिनेटपछि थपिएको इन्जुरी टाइममा क्लोइ केलीले गोल गर्दै इङ्ल्यान्ड महिला फुटबललाई एक नयाँ तथा ऐतिहासिक जित दिलाएकी हुन् । इङ्ल्यान्डका लागि विजयी गोल गरेकी केलीका लागि उक्त गोल उनको लागि पहिलो अन्तर्राष्ट्रिय गोल थियो । राष्ट्रका लागि उनले गरेको पहिलो गोल नै एक इतिहास बन्यो ।

खेलपछि उनले भनिन्,‘यो मेरो लागि अविश्वसनीय हो, यसरी नै सपनाहरु पूरा गरिन्छ । मैले खेल्न पाउनु र विजयी गोल गर्नुमा टोलीमा रहेका हरेक खेलाडी र प्रशिक्षकको ठूलो साथ र सहयोग छ । यसले गर्दा नै जित सम्भव भयो ।’

प्रशिक्षक सरिना वुङ्म्यान यस खुसी पश्चात महिला फुटबललाई हेर्ने दृष्टि नै बदलिएको बताउँछिन् । २०१७ मा घरेलु टोली नेदरल्यान्डलाई लिग जिताएकी उनको लागि प्रशिक्षकको रुपमा यो दोस्रो जित हो ।

जितपछि उनले भनिन्, ‘मसँग कुनै पनि किसिमको जादु छैन । यो टोलीले युरोको सुरुवाती दिनबाट नै उत्कृष्ट प्रदर्शन गर्दै गएको थियो ।’ टोलीले २०२२ को युरोमा २२ गोल गरेर दुई गोल मात्र खाएको छ ।

यो जितले नयाँ पुस्ताका महिला खेलाडीलाई हैसला मिल्ने उनले बताइन् । ‘हामीले यूरो जितेका छौं । यसले गर्दा नयाँ पुस्तालाई पनि खेल्ने हौसला हुन्छ’, उनले भनिन् ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?