+
+

सप्तकोशीको कटानले श्रीलङ्का टापुमा छटपटी

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन १८ गते ११:३४
फाइल् तस्वीर

१८ साउन, विराटनगर । उदयपुरको बेलका नगरपालिका वडा नम्बर ८ बाट सप्तकोशी नदी बस्तीमा पसेपछि दुई हजार घर परिवार विस्थापित भएका छन् ।

बेलकाको डुम्रीबोटेबाट धार परिवर्तन गर्दै पश्चिम तर्फ पस्दा नगरपालिकाका वडा नम्बर ८, ९, ३ र २ नम्बर वडाका वासिन्दा बिस्थापित भएका हुन् ।

श्रीलंका टापुका नदी किनारका वासिन्दा पनि घर छाडेर सुरक्षित स्थानमा पुगेका छन् । भित्री क्षेत्रका बासिन्दा भने भाग्न पाएनन् ।

श्रीलंका टापुका स्थानीय अर्जुन चन्द्रवंशीले टापुको समस्या यसरी सुनाए–

हिजो काम परेकाले इनरुवा गएका थियौं । फर्कन ढिलो भएपछि राति प्रकाशपुरमा नै बस्यौं । आज बिहानै कोशीले धार परिवर्तन गर्यो । कोशीले धार परिवर्तन गर्दा हाम्रो बस्ती जाने बाटो थुनियो । बस्तीमा मेरो परिवार छ । अब बस्ती (श्रीलङ्का टापु) कसरी जाने भन्ने तनाब छ ।

श्रीलङ्का टापु कोशीको बिचमा छ । त्यहाँ अझै १०–१२ हजार मान्छे होलान् । श्रीलंका टापु जाने बाटो उदयपुरपट्टीबाट मात्रै छ । कोशीको पश्चिम पट्टीको सानो भंगालो पार गरेपछि बस्ती पुगिन्थ्यो । अब त्यही भंगालोमा कटान गरेर ठूलो भंगालो पस्यो ।

हाम्रो बस्ती सबैतिरबाट थुनिएको छ । त्यहाँका मान्छे कसरी बाहिर निस्किने भन्ने समस्या छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?