+
+

पेट्रोलियम पदार्थको मूल्य घटाउन माग गर्दै अनेरास्ववियुको प्रदर्शन

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन १८ गते १३:३८

१८ साउन, काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटे पनि नेपालमा नघटाइएको भन्दै नेकपा एमालेका कार्यकर्ताहरुले आज सरकारविरुद्ध प्रदर्शन गरेका छन् ।

अनेरास्ववियु उपत्यका विशेष कमिटीको आयोजनामा नेपाल आयल निगमको केन्द्रीय कार्यालय अगाडि आज बिहान विरोध प्रदर्शन गरिएको हो ।

प्रदर्शनमा सहभागीहरुले प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध नाराबाजी गर्दै राजीनामाको माग गरेका थिए ।

अनेरास्ववियुले पेट्रोल, डिजेल र खाना पकाउने ग्यासको अन्तर्राष्ट्रिय बजार मूल्य घटेकाले त्यस अनुसार समायोजन गर्नु पर्ने माग गरेको छ ।

भारतीय आयल कर्पोरेसनले पठाएको मूल्य अनुसार नेपाल आयल निगमले मूल्य समायोजन गर्दै आएको छ । मूल्य बढेर आउँदा बढाउने र घटेर आउँदा घटाउने स्वचालित प्रणाली लागू हुँदै आएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?