+
+

बिग बास लिगको ड्राफ्टमा सन्दीप समावेश

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन १८ गते १२:२५

१८ साउन, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछाने अष्ट्रेलियामा हुने बिग बास लिग (बीबीएल)को ड्राफ्टमा समावेश भएका छन् ।

बीबीएलमा विदेशी खेलाडीको लागि पहिलो पटक ड्राफ्ट भएको हो । सन्दीपसहित ७१ नयाँ खेलाडी थपिएपछि ड्राफ्टका लागि १६९ विदेशी खेलाडीले नाम मनोनयन गराएका छन् ।

यसअघि सन्दीपले सिधै अनुबन्धन भएर मेलवर्न स्टार्स र हफबार्ट हुरिकेन्सबाट खेलेका थिए । बिग बासका १२ औँ संस्करण डिसेम्बर १३ देखि सुरु हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?