+
+

२०३० को विश्वकप आयोजनाका लागि अर्जेन्टिना, चिली, उरुग्वे र पाराग्वेकोे संयुक्त प्रस्ताव

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन १८ गते १५:१८

१८ साउन, काठमाडौं । २०३० विश्वकप आयोजनाका लागि अर्जेन्टिना, चिली, उरुग्वे र पाराग्वेले संयुक्त प्रस्ताव पेस गरेका छन् । यो चार देशको मात्रै नभइ पूरा महादेशको सपना भएको दक्षिण अमेरिकी फुटबल महासंघ( कम्बोल) का अध्यक्ष अलेजेन्ड्रो डोमिन्र्गुजले बताए । ‘यो एउटा सिंगो महादेशको सपना होे’, उनले भने ।

अध्यक्ष डोमिन्र्गुज भन्छन्, ‘विश्वकप धेरै हुन्छन्, तर १०० वर्षमा एक पटक विश्वकप घरेलु मैदानमा आउनु पर्छ ।’ उरुग्वेले सन् १९३० मा पहिलो विश्वकप आयोजना गरेको थियो । ‘विश्वकप १०० वर्ष पछि पुन त्यहि आयोजना गर्नु सही हुनेछ’, उरुग्वे फुटबल संघका अध्यक्ष इग्नासियो अलोन्सोले भने ।

चिलीले भने सन् १९६२ को विश्वकप आयोजना गरेको थियो । अर्जेन्टिनामा १९७८ मा आयोजना भएको हो ।

२०२२ को विश्वकप कतारमा हनेछ भने २०२६ को विश्वकप क्यानडा, मेक्सिको र अमेरिकाले संयुक्त रुपमा आयोजना गर्ने टुङ्गो लागिसकेको छ ।

बेलायत र आयरल्यान्ड फुटबल संघले २०३० को आयोजनाका लागि प्रस्ताव पेस नगर्ने र २०२८ को युरो आयोजनामा ध्यान दिने बताएका छन् । फिफाले भने २०२४ मा मात्रै २०३० को आयोजक टुङ्गो लगाउने बताएको छ । २०३० विश्वकपका लागि स्पेन र पोर्चुगलले पनि संयुक्त आयोजनाको प्रस्ताव पेश गरेका छन् ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?