+
+

टी–२० वरीयतामा बाबरलाई पछ्याउँदै भारतीय ब्याटर सूर्यकुमार

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन १८ गते १८:३५

१८ साउन, काठमाडौं । भारतीय क्रिकेटर सूर्यकुमार यादव छोटो फर्म्याटको क्रिकेट ब्याटिङ वरीयतामा शीर्षस्थानमा रहेका पाकिस्तानी कप्तान बाबर आजम नजिक पुगेका छन् ।

वेष्ट इण्डिजमा भइरहेको टी–२० शृंखलामा उत्कृष्ट प्रदर्शन गरेपछि टी–२० आई वरीयतामा भारतका ब्याटर सूर्यकुमार बाबरको निकै नजिक पुगेका छन् ।

बाबर ११८ अंकसहित शीर्षमा छन् भने उनलाई पछ्याएका सूर्यकुमारले ८१६ अंक छ । भारतीय ब्याटरमा सर्वाधिक अंक बनाउनेमा सूर्यकुमार तेस्रो खेलाडी हुन् । यसअघि विराट कोहली र केएल राहुलले पनि ८१६ अंकसम्म बनाएका थिए ।

इन्डियन प्रिमियर लिग (आईपीएल)मा राम्रो खेलेका उनले गतवर्ष मात्र टी–२० अन्तर्राट्रियमा डेब्यु गरेका हुन् । उनले अहिलेसम्म २२ वटा टी–२० आई खेलेका छन् । जसमा उनले १ शतक र ५ अर्धशतकको मद्दतमा ६४८ रन बनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?