+
+

सप्तरीमा करेन्ट लागेर ससूरा–बुहारीको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन १८ गते २१:५२

१८ साउन, सप्तरी । सप्तरीमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । मृत्यु हुने ससूरा र बुहारी हुन् ।

जिल्लाको कंचनरुप नगरपालिका वडा नम्बर ६ बस्ने ४० बर्षीय सौदानन्द सरदार र सोही ठाउँकी २१ बर्षीया अन्जली सरदार रहेको प्रहरीले जनाएको छ । सौदानन्द काका ससूरा हुन् भने अन्जली बुहारी रहेको इलाका प्रहरी कार्यालय कंचनपुरका प्रमुख डीएसपी रामकुमार यादवले जानकारी दिए ।

पानी तान्ने मोटर जडान भएको ट्युववेलमा पानी लिन गएकी अन्जलीलाई करेन्ट लागेको थियो । उनलाई छुटाउन जाँदा सौदानन्दलाई पनि करेन्ट लागेको डीएसपी यादवले बताए ।

करेन्ट लागेका दुबैको घट्नास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?