+
+

राष्ट्र बैंकले गर्‍यो स्ट्यान्डर्ड चाटर्ड बैंकलाई कारवाही

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन १९ गते १३:३०

१९ साउन, काठमाडौं । नेपाल राष्ट्र बैंकले स्ट्यान्डर्ड चाटर्ड बैंकलाई कारवाही गरेको छ । आर्थिक वर्ष २०७८/७९ को चौथो त्रैमासमा नियामकीय निर्देशन उल्लंघन गरेपछि बैंकलाई राष्ट्र बैंकले नगद जरिवाना गरेको हो ।

राष्ट्र बैंकले तोकेअनुसारको अनिवार्य नगद मौज्दात/वैधानिक तरलता अनुपात कायम नगर्दा जरिवाना गरीएको हो । राष्ट्र बैंकले स्ट्यान्डर्ड चाटर्ड बैैंकलाई ६३ हजार ५९७ रुपैयाँ ८३ पैसा नगद जरिवाना गरेको हो ।

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई जारी गरेको एकिकृत निर्देशन २०७८ मा भएको व्यवस्था अनुसार उक्त कारवाही गरेको हो । एकिकृत निर्देशनको इ.प्रा. निर्देशन नं १३/०७८ को बुँदा नंम्बर ३ मा अनिवार्य नगद मौज्दात र वैधानिक तरलता अनुपातमा राष्ट्र बैंकले तोक अनुसार नपुग भएमा जरिवाना गर्नसक्ने व्यवस्था छ ।

पहिलो पटक अनिवार्य मौज्दात नपुग भएको अवस्थामा नपुग भए जति रकममा प्रचलित बैंक दरको प्रतिशतले जरिवाना लगाउने व्यवस्था छ । दोस्रो पटक अनिवार्य मौज्दात नपुग भएको अवस्थामा नपुग भए जति रकममा प्रचलित बैंक दरको डेढी प्रतिशतले र तेस्रो पटक र सो भन्दा पछि जति पटक नपुग भए पनि नपुग भए जति रकममा प्रचलित बैंक दरको दोब्वर प्रतिशतले जरिवाना लगाउने व्यवस्था छ । तर, समस्याग्रस्त घोषणा गरी निक्षेप स्वीकार तथा कर्जा प्रवाहमा प्रतिबन्ध लगाएको अवस्थामा त्यस्तो बैंक वा वित्तीय संस्थालाई जरिवाना लगाउन अनिवार्य हुने छैन ।

यस्तै एनसीसी बैंकलाई पनि अनिवार्य नगद मौज्दात/वैधानिक तरलता अनुपात कायम ४९ हजार ८८१ रुपैयाँ १७ पैसा नगद जरिवाना गरिएको राष्ट्र बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?