+
+

लोकसेवाको उत्तरपुस्तिकामा फोन नम्बर लेखेर ‘कल गर्नू’ भनेपछि ‍…

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन १९ गते १६:४२

१९ साउन, काठमाडौं । कर्णाली प्रदेश लोकसेवा आयोगको परीक्षामा एक परीक्षार्थीले उत्तरपुस्तिकामा फोन नम्बर लेखेपछि परीक्षा रद्ध भएको छ ।

प्रदेश लोक सेवा आयोगको कार्यालय, कर्णालीले ४ साउनमा लिएको स्वास्थ्य सेवा अन्तर्गत अहेब पदको प्रथम चरणको लिखित परीक्षाको उत्तरपुस्तिकामा सल्यानको सिद्धकुमाख गाउँपालिकाका नवीन कुमार रेउलेले आफ्नो नम्बरसँगै ‘कल गर्नू’ लेखेका थिए ।

उक्त उत्तरपुस्तिकामा फोन गर्न आग्रह गरेको भेटिएपछि परीक्षा रद्द गरेको आयोगका प्रवक्ता बुद्धिबहादुर खत्रीले बताए । आयोगको गत सोमबार बसेको बैठकले रेउलेले अब २ वर्षसम्म आयोगका कुनै पनि परीक्षामा सहभागी हुन नपाउने उनले जानकारी दिए ।

हेर्नुहोस् सूचना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?