+
+

लिलबाट फ्रेन्च लिग जितेका रेनाटो सान्चेज पीएसजी पुगे

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन २० गते १२:४७

२० साउन, काठमाडौं । गतसिजन लिलबाट फ्रेन्च लिग वान जितेका रेनाटो सान्चेज पेरिस सेन्ट जर्मेन (पीएसजी) मा अनुबन्ध भएका छन् ।

२४ वर्षीय पोर्चुगिज मिडफिल्डर सान्चेजले पीएसजीसँग पाँच वर्षको सम्झौता गरेका छन् । सान्चेज अब २०२७ सम्म पेरिसमा रहनेछन् । सन् २०१९ मा जर्मन क्लब बायर्न म्युनिखबाट लिल पुगेका सान्चेजले त्यहाँ ९० खेल खेल्दै ६ गोल गरेका थिए ।

बायर्नमा रहँदा उनले सन् २०१७-१८ मा लोनमा स्वान्सी सिटीमा खेलेका थिए । गत सिजन सान्चेज सम्मिलित लिलले पीएसजीलाई पछि पार्दै लिग उपाधि जितेको थियो ।

पोर्चुगिज क्लब बेनफिकाको एकेडेमीबाट फुटबल सुरु गरेका सान्चेजको नाम इटालियन क्लब एसी मिलानसँग पनि जोडिएको थियो । तर उनको रोजाई फ्रान्सकै क्लब बन्यो ।

सान्चेजमा पीएसजीमा अनुबन्ध भएपछि खुशी व्यक्त गर्दै आफ्नो लागि यो सुहाउँदो प्रोजेक्ट भएकोले पीएसजी छानेको बताए ।

यसअघि लिलमा सँगै काम गरेका प्रशिक्षक क्रिस्टोफ गाल्टियर अहिले पीएसजीका प्रशिक्षक छन् । सान्चेज नयाँ सिजनअघि पीएसजीमा अनुबन्ध हुने चौथो खेलाडी हुन् ।

यसअघि नै पीएसजीले फ्रेन्च स्ट्राइकर ह्युगो एकिटिकेलाई रेइम्सबाट एक सिजनका लागि लोनमा भित्र्याएको छ ।

यस्तै पोर्चुगिज मिडफिल्डर भिटिन्हालाई पाँच वर्षका लागि अनुबन्ध गरेको छ भने फ्रेन्च डिफेण्डर नोर्डी मुकिएलेलाई पनि अनुबन्ध गरेको छ ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?