+
+

सांग्रिला बैंकको नाफा बढेसँगै बढ्यो प्रतिसेयर आम्दानी 

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन २० गते १४:५२

३१ साउन, काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले थगत आर्थिक वर्षमा  ५९ करोड ५८ लाख १५ हजार रुपैयाँ मुनाफा आर्जन गरेको छ । बैंकले प्रकाशित गरेको आर्थिक वर्ष २०७८/०७९ को अपरिस्कृत वित्तीय विवरणअनुसार नाफा अघिल्लो आव २०७७/०७८ को तुलनामा  ४५.२९ प्रतिशतले बढाएको हो ।

बैंकले अघिल्लो आवमा ४१ करोड ८० लाख मुनाफा आर्जन गरेकेा थियो । बैंकको खुद ब्याज आम्दानी ४४.८८ प्रतिशतले बढेर १ अर्ब ७४ करोड ८० लाख पुग्दा सम्भावित कर्जा नोक्सानी वापतको व्यवस्थाको प्रोभिजन रकम २३ करोड ६१ लाखबाट २  करोड ५४ लाखमा झरेको छ ।

जसले गर्दा बैंकको सञ्चालन मुनाफा पनि उल्लेख्य बढेको छ । बैंकको सञ्चालन मुनाफा अघिल्लो आर्थिक वर्षको तुलनामा ४६.६९ प्रतिशतले वृद्धि भएर ८६ करोड ४६ लाख २ हजार पुगेको छ ।

बैंकले गत असार मसान्तसम्म ४८ करोड ७७ लाख ५४ हजार  निक्षेप संकलन गरेर ४० अर्ब ८४ करोड २५ लाख  कर्जा लगानी गरेको हो । बैंकको निक्षेप र कर्जा क्रमश ४१ अर्ब ७९ करोड ७४ लाखबाट १६.६९ प्रतिशत र ३३ अर्ब ४ करोड ४७ लाखबाट २३.६० प्रतिशतले बढेको हो ।

अघिल्लो  आर्थिक वर्षमा  २ अर्ब ७३ करोड ७० लाख रुपैयाँ चुक्ता  पूँजी रहेको बैंकले गत आबमा १० प्रतिशत बोनस सेयर दिएर ३ अर्ब १ करोड ७ लाख पुयाएको छ । पूँजी वृद्धिका बाबजुत पनि बैंकको प्रतिसेयर आम्दानी १४ रुपैयाँ ९८ पैसाबाट बढेर  १९ रुपैयाँ ७९ पैसा पुगेको छ । त्यस्तै प्रतिसेयर नेटवर्थ १३५ रुपैयाँ ६४ पैसाबाट बढेर १४१ रुपैयाँ ५३ पैसा पुगेको छ ।

सञ्चित कोषमा ३४ करोड ८६ लाख २२ हजार रहेको बैंकको जगेडा कोषमा ९० करोड १७ लाख छ ।बैंकको बेस रेट ८.५४ प्रतिशतबाट बढेर ११.२६ प्रतिशत पुगेकेा छ । यस्तै पूँजी पर्याप्तता अनुपात ११.७७ प्रतिशतबाट बढेर ११.८५ प्रतिशत पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?