+
+

डिलिट नगरीकनै यसरी गर्नुहोस् ह्वाट्सएप लगआउट

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन २० गते १७:३९

२० साउन, काठमाडौं । ह्वाट्सएप विश्वभर निकै लोकप्रिय इन्स्टान्ट मेसेजिङ एप हो । ह्वाट्सएपमा दैनिक करोडौँ मेसेज आदानप्रदान हुन्छन् ।

कहिलेकाहीँ तपाईलाई ह्वाट्सएपमा कसैले मेसेज नपठाओस् भन्ने लाग्नसक्छ । तर ह्वाट्सएपमा मेसेज नआउने बनाउन सकिँदैन । अर्थात् यदि तपाईको फोनमा ह्वाट्सएप छ र फोन वाइफाइ तथा मोबाइल डाटामा कनेक्ट छ भने ह्वाट्सएपमा पठाइएको मेसेज आइहाल्छ ।

तपाईले ह्वाट्सएपको ब्याकग्राउण्ड डाटा बन्द गरेतापनि नयाँ मेसेजको नोटिफिकेसन बन्द गर्न सक्नुहुन्न । कोही मानिस ब्लुटिक अफ गर्दछन् तर त्यसो गर्दा समेत नयाँ मेसेज आउने काम बन्द हुँदैन ।

ब्लु टिक अफ गरेपछि केवल प्रेषकलाई प्रापकले मेसेज पढ्यो कि पढेन भन्ने कुरा थाहा नहुने हो । तपाईले ह्वाट्सएप खोलेसँगै तपाईको कन्ट्याक्ट लिस्टमा रहेका अन्य प्रयोगकर्ताहरुले तपाई अनलाइन भएको थाहा पाउँछन् । अहिलेसम्म यसलाई लुकाउने विकल्प पनि उपलब्ध छैन ।

यद्यपि फोनबाट ह्वाट्सएप डिलिट नगरीकनै ह्वाट्सएपमा मेसेज नआउने बनाउन पनि सकिन्छ । अर्थात् ह्वाट्सएप डिलिट नगरीकन तपाई ह्वाट्सएपबाट हराउन सक्नुहुन्छ । यसका लागि तपाईले निम्नानुसारको प्रक्रिया अबलम्बन गर्नुपर्दछ ।

· ह्वाट्सएपको एपमा केहीबेर थिच्नुहोस् । त्यसो गर्दा त्यहाँ एप इन्फो र अनइन्स्टलको विकल्प देखा पर्दछ, त्यसमध्ये एप इन्फो आइकनमा क्लिक गर्नुहोस् । त्यसपछि ँयचअभ क्तयउ बटनमा क्लिक गर्नुहोस्।

· ब्याकग्राउण्डबाट ह्वाट्सएप बन्द गर्नुहोस् । त्यसपछि तपाईले ह्वाट्सएपमा नयाँ मेसेज आउनेछैन । त्यसपछि तपाईलाई जसले ह्वाट्सएपमा मेसेज पठाउनेछ उसले केवल सिंगल टिकमात्र देख्नेछ । अर्थात् उक्त मेसज तपाईसम्म प्रेषित नै हुनेछैन ।

यस प्रकार तपाईले ह्वाट्सएप अनइन्स्टल नगरी नयाँ मेसेज नोटिफिकेसन बन्द गर्न सक्नुहुन्छ । उक्त एप पुनः खोल्नुभयो भने तपाईले सबै म्यासेजहरु प्राप्त गर्न थाल्नुहुनेछ । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?