+
+

परम्परा, संवेग र मनोरञ्जन मिसिएको सोनाको तीज गीत

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन २० गते १:२०

काठमाडौं । तीज पर्वको परम्परा, संवेग र मनोरञ्जन मिसिएको तीजको गीत सार्वजनिक भएको छ । शुक्रबार सोना अमात्य युट्युव च्यानलबाट सार्वजनिक गरिएको भिडियोमार्फत व्यवहारमा बाँधिएर स्वच्छन्दताको थोरै मात्र अनुभूति गर्न पाएका महिलाहरुलाई खुलेर नाच्न आग्रह गरिएको छ ।

गम्भीर विष्टको कोरियोग्राफी तथा निर्देशनमा तयार भएको भिडियोमा सोना अमात्य, शालिनी विष्ट भट्टराई, सम्झना भट्टराई, पूणिर्मा बानियाँ, सब्बु राना बमलगायत कलाकारको अभिनय छ । चन्द्रमणि भट्टराईको शव्द, डेनी निरौलाको संगीत र सोना अमात्यको स्वरमा रहेको गीतलाई पारिवारिक परिवेश र सामाजिक कथामा खिचिएको छ । गीतको संगीत संयोजन योगेश काजीले र मिक्सिङ् पवन विश्वकर्माले गरेका हुन् ।

भिडियोमा सुबोल थापाको सह निर्देशन रहेको छ । यसलाई नवराज उप्रेतीले खिचेका हुन् भने नविन निरौलाले सम्पादन गरेका हुन् ।

भिडियोको बारेमा निर्देशक विष्ट भन्छन्, ‘भिडियोलाई हामीले घरभित्रको परिवेशमा खिचेका छौँ । भिडियो खिच्न हामी पार्टी प्यालेसमा गएनौँ । हामीलाई थाहा छ, तीज पर्व पारिवारिक र सामाजिक पर्व हो । यसको मर्मलाई भिडियो निर्माणको मुख्य आधार बनाएका छौँ ।’
पात्र चयनमा विषयमा कुरा गर्दै निर्देशक विष्टले, संयुक्त परिवारमा हुने हजुरआमा, आमा, फूपू, भाउजू, नन्द, छोरी बुहारी र उहाँहरुको मनोविज्ञानलाई भिडियोमा उतार्न खोजिएको बताए । श्रृङ्गार, गरगहना र पहिरनमा ख्याल गरिएको छ । भिडियोलाई भड्किलो हुनबाट बचाउने प्रयास गरिएको विष्टको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?