+
+

महन्थ र उपेन्द्रसँग सीके राउतको भेट

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन २२ गते १२:०५

२२ साउन, काठमाडौं । सप्तरी क्षेत्र नं. २ बाट प्रतिनिधि सभामा उम्मेदवारी घोषणा गरेका जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका अध्यक्ष महन्थ ठाकुर र जनता समाजवादी पार्टी जसपाका अध्यक्ष उपेन्द्र यादवसँग छुट्टा छुट्टै भेट गरेका छन् ।

भेटमा असन्न प्रतिनिधि सभा चुनावमा सहकार्य गर्ने बारेमा कुराकानी भएको डा.राउतको सचिवालयले जनाएको छ ।

राउतले सप्तरी क्षेत्र नं. २ बाट उम्मेद्‍वारी घोषणा गरेका छन् । जहाँबाट गत चुनावमा जसपा अध्यक्ष यादव सांसद चुनिएका थिए ।

राउतको सचिवालयका अनुसार जनमत पार्टीले रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टी सहित अन्य दलहरूसँग पनि सहकार्यका लागि संवाद जारी राखेको छ ।

गएको स्थानीय निर्वाचनमा एक्लै लडेको जनमत पार्टीले सोचे अनुसार नतिजा ल्याउन नसकेपछि प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा सहकार्य गर्ने तयारी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?