+
+

लिभरपुलका प्रशिक्षक क्लोपले भने : हामीले धेरै सुधार्नुपर्छ

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन २२ गते १७:१६

२२ साउन, काठमाडौं । प्रिमियर लिगमा शनिबारराति भएको नव प्रवेशी क्लब फुलहामसँग २–२ को बराबरीमा रोकिएपछि लिभरपुलका प्रशिक्षक योर्गन क्लोपले क्लबमा धेरै सुधारको आवश्यकता रहेको औल्याएका छन् ।

लिभरपुलको सबै पक्ष कमजोर भएका कारण खेलमा राम्रो नतिजा ल्याउन नसकेको उनले स्वीकारे ।

खेलमा दुई पटक पछि परेर पनि लिभरपुल खेल बराबरी गर्न सफल भयो । तर, सिजनको पहिलो खेलमा नै तुलनात्मक रुपमा कमजोर मानिएको फुलहामसँग बराबरीमा रोकिनु पछिल्लो सिजनका निकै सफल प्रशिक्षक क्लोपका लागि राम्रो कुरा भने पक्कै होइन ।

‘हामीले भाग्यवस खेल बराबरीमा रोक्यौं । खेलको सुरुवातमा नै हामीले धेरै नराम्रो खेल्यौं’, उनले भने, ‘हामी ३ अंकको लागि खेलेका थियांै, तर खेल बराबरीमा रोकियो । मेरो तर्फबाट भन्दा साह्रै नराम्रो खेल्यौं । मैले यस्तो अवस्था अब नआओस् भन्नका लागि केही लामो समयको लागि सोच्नु पर्छ ।’

खराब खेलबाट पनि एक अंक जोड्नु नै लिभरपुलका लागि यो खेलबाट आएको राम्रो नतिजा हो । प्रशिक्षक क्लोप भन्छन्, ‘प्रदर्शनका आधारमा हेर्ने हो भने त यो खेल पराजित सरह नै हो, तर नतिजा बराबरीको आयो ।’

लिभरपुल यसपटकको सिजनको सुरुवातमा पराजित हुनबाट जोगियो, तर क्लिन सिट भने राख्न सकेन । पहिलो खेलबाट नै जित दिलाउन नसकेको लिभरपुलका लागि यो अवस्था केही असामान्य हो । पछिल्लो सिजन निकै चर्चामा रहेको क्लब लिभरपुलको पहिलो खेलमा नै बराबरीमा रोकिंदा समर्थक भने चिन्तामा देखिन्छन् ।

लिभरपुलमा अहिले खेलाडी घाइते छन् । विशेषतः मिडफिल्डरहरु घाइते भएपछि टोलीमा खेलाडी कम भएको अनुभव हुन थालेको छ । कार्टिस जोन्स, डिआयो जोटा, कोन्सिन्टेन्टिओ सिमीकास, नाबी केइटा, एलेक्स आक्सलेड चेम्बरलेन घाइते छन् ।

लिभरपुलका खेलाडीले चोट बोक्दा टोली अघिल्लो सिजन जस्तो बलियो नहुने हो कि भन्ने सबैको चासोको विषय छ । ट्रन्सफर विण्डो खुला रहेको बेला पनि लिभरपुलले कुनै पनि खेलाडी अनुबन्ध गरेको छैन ।
‘यस्तो होइन कि हामीसँग मिडपिल्डर कम छन् । हामीसँग खेलाडी छन्, तर घाइते छन् जसले गर्दा मैदानमा कमी भयो’, प्रशिक्षक क्लोपले भने, ‘यो हाम्रो लागि राम्रो स्थिति होइन । मलाई यस्तो स्थिति मन पर्दैन, तर हामीले यसलाई संयम भएर अघि बढाउनु पर्छ । हामी आत्तिएका भने छैनौं ।’

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?