+
+

कांग्रेस नेता प्रकाशमान सिंहमाथि खनिइन् सुहाना थापा !

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन २२ गते १८:०२

काठमाडौं । ‘ए मेरो हजुर’ फेम्ड अभिनेत्री सुहाना थापा अभिनयसँगै राजनीति र सामाजिक विषयमा पनि उत्तिकै चासो राख्छिन् । उनी आफ्ना तर्कपूर्ण अभिव्यक्तिले बेलाबेलामा चर्चामा आउँछिन् ।

सुहाना अभिनित फिल्म ‘ए मेरो हजुर ४’ हालै रिलिज भएको थियो भने उनी होम प्रोडक्सनको नयाँ फिल्म ‘भागवत गीता’को तयारीमा जुटेकी छन् । यस्तोमा सुहाना फिल्म र अध्ययनबाहेक अन्य कार्यमा पनि उत्तिकै सक्रिय छिन् ।

सुहाना यतिबेला भने राजनीतिक विषयवस्तुले चर्चामा छिन् । काठमाडौं बानेश्वरकी स्थायी बासिन्दा समेत रहेकी सुहाना आइतबार कांग्रेस सांसद प्रकाशमान सिंहमाथि खनिएकी छन् । आगामी चुनावको सन्दर्भमा सिंहले आइतबार निर्वाचन काठमाडौं निर्वाचन क्षेत्र १ मा पार्टी निकट व्यक्तिलाई अन्तरक्रियामा बोलाएका थिए ।

उक्त छलफलपछि सुहानाले सामाजिक सञ्जालमा सिंहका विचारप्रति असहमति जनाएकी छन् । भवन र पूर्वाधार निर्माणमा ध्यान दिने, तर धोबीखोला र बिजुलीबजारको गएगुज्रेको अवस्था सुधार्न ध्यान नदिएको भन्दै उनी आक्रोशित छिन् ।

प्लास्टिकको प्रयोगले पारिस्थितिक संकट निम्तिएको भन्दै उनले एकले अर्को पार्टीलाई गाली गर्ने प्रवृत्तिले कहीं नपु¥याउने विचार उनले राखेकी छन् । नेता सिंहले उठाएका शिक्षा र वातावरण संरक्षणका कुरा सैद्धान्तिक रुपमा सही सुनिए पनि व्यावहारिक रुपमा कार्यान्वयन नभएको भन्दै सुहानाले आपत्ति जनाएकी छन् ।

निर्देशक तथा अभिनेत्री झरना थापा र निर्माता सुनिलकी सुपुत्री समेत रहेकी सुहानाले चार वर्षअघि रिलिज भएको ‘ए मेरो हजुर ३’बाट अभिनयमा डेब्यु गरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?