
फाइल तस्वीर ।
२३ साउन, काठमाडौं । नेपाली कांग्रेसका नेताहरु देशभर तालमेलको पक्षमा देखिएका छन् ।
सिट बाँडफाँटका लागि बनेको कार्यदलको बैठक बस्नुअघि कांग्रेसले सोमबार विहान पदाधिकारी र पूर्व पदाधिकारीहरुको बैठक राखेको थियो । प्रधानमन्त्री निवास, बालुवाटारमा बसेको बैठकमा नेताहरुले अधिकांश स्थानमा गठबन्धनका उम्मेदवार जित्ने गरी तालमेल गर्नुपर्नेमा जोड दिएका छन् ।
‘कसले कति सिट पायो भन्दा पनि गठबन्धनका उम्मेदवारलाई कसरी विजय गराउने भन्नेमा ध्यान दिनुपर्छ भन्ने मत छ’, एक नेताले भने ।
बैठकमा प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले भने यसबारे केही बोलेनन् । नेताहरुले भने २०७४ को चुनाव र वैशाख २०७९ मा भएको स्थानीय चुनावलाई आधार बनाएर सिट बाँडफाँट गर्नुपर्ने धारणा राखेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4