+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

कान्ति अस्पतालमा गुपचुपमा कर्मचारी भर्ना गर्न खोजेको आरोप

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन २३ गते १७:५२

२३ साउन, काठमाडौं । कान्ति बाल अस्पतालले विज्ञापन नगरी कर्मचारी भर्ना प्रक्रिया अगाडि बढाएको छ । ११ जना स्टाफ नर्स (पाचौं तह) र एक जना अनमीको भर्ना प्रक्रिया अघि बढाएको अस्पतालले यसबारे सार्वजनिक सूचना जारी गरेको छैन ।

अस्पतालका निर्देशक, उपसचिव तथा लेखा अधिकृतको मिलिमतोमा आन्तरिक रूपमा नै कर्मचारी नियुक्त गर्न लागिएको अस्पतालका कर्मचारीको आरोप छ ।

‘अस्पतालका जनशक्ति अभाव छ । तर, अस्पतालका निर्देशक, उपसचिव तथा लेखा अधिकृतले भागबन्डा नै लगाएर विज्ञापन नगरी कर्मचारी राख्न कति जायज हो ?’, ती कर्मचारीले अनलाइनखबरसँग भने, ‘कर्मचारी भर्नाका लागि आइतबार अन्तर्वार्ता लिइसकेका छ ।’

अस्पतालका निर्देशक डा. युवानिधि बसौलाले कुनै कर्मचारी भर्ना नगरेको दावी गरे ।

‘दश, प्रन्ध जना कर्मचारीको दरबन्दी खाली भएको छ । विज्ञापन खोल्ने भनेर हिजो बैठक बसेको थियो । अन्तर्वार्ता लिएको छैन,’ डा. बसौलाले भने, ‘यस विषयमा उपसचिव (भवनाथ खतिवडा) सँग बुझ्नुहोस् ।’

खतिवडाले भने अस्पतालको सेवा नै बन्द हुने अवस्थामा पुगेपछि एक–दुई महिनाका लागि ज्यालादारीमा कर्मचारी राख्न प्रक्रिया अगाडि बढाएको बताए ।

‘अस्पतालको अस्थायी दरबन्दी स्वीकृतको प्रक्रियामा छ । त्यसका लागि पदपूर्ति समिति मार्फत करारमा विज्ञापन गर्न प्रक्रिया अगाडि बढेको छ । ती कर्मचारी लिइसक्दा दुई महिना जति लाग्ने भएकाले अहिले तत्काल सेवा सञ्चालनको लागि ज्यालादारीमा कर्मचारी राख्न लागेको हौं’, खतिवडाले अनलाइनखबरसँग भने ।

‘सेवा बन्द गर्नु वा बेड घटाउनुभन्दा ज्यालादारीमा पदपूर्ति समितिबाट नयाँ सिफारिस नभई नआउन्जेल स्टार्फ नर्स राख्ने तयारी भएको उनको भनाइ छ । ‘प्रश्न उठेपछि नगर्ने हो कि भन्ने मनसायमा पुगेको छु’ उनले भने ।

तर, आफूखुसी कर्मचारी नियुक्त राख्न लागेको कुरा झुट्टो भएको उनले बताए । ‘पुरानो दरखास्त परेको मानिसबाट सर्ट लिस्टिङ मात्रै गरेको हो’, खतिवडाले भने, ‘तर, यस्तो कुरा उठेपछि स्वास्थ्य मन्त्रालयबाट थप जनशक्ति माग्ने कि अस्पतालको बेड संख्या घटाउने भन्ने कुराको छलफल भइरहेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?