+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

चिकित्सा शिक्षाको प्रवेश परीक्षा दिन राष्ट्रिय परिचयपत्र अनिवार्य

सोमबार कार्यक्रमको आयोजना गर्दै चिकित्सा शिक्षा आयोगले नक्कली प्रमाणपत्रधारीलाई रोक्नको लागि अब हुने चिकित्सा शिक्षाको एकिकृत प्रवेश परीक्षामा राष्ट्रिय परिचयपत्र अनिवार्य गरिने भएको जनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन २३ गते १९:०५

२३ साउन, काठमाडौं। राष्ट्रिय परिचयपत्र नभएका विद्यार्थीले अबदेखि चिकित्सा शिक्षाको एकीकृत प्रवेश परीक्षामा सहभागी हुन नपाउने भएका छन् ।

सोमबार चिकित्सा शिक्षा आयोगले कार्यक्रम गरी नक्कली प्रमाणपत्रधारीलाई रोक्न अब हुने चिकित्सा शिक्षाको एकीकृत प्रवेश परीक्षामा राष्ट्रिय परिचयपत्र अनिवार्य गरिने जानकारी दिएको छ ।

कार्यक्रममा योजना, समन्वय तथा प्राज्ञिक उन्नयन निर्देशनालयका निर्देशक प्रा.डा. रमेशप्रसाद आचार्यले त्यसका लागि राष्ट्रिय परिचय पत्रसँग आयोगको सफ्टवेयर आवद्ध गर्नका लागि कार्यदल बनाएर काम अगाडि बढाएको समेत जानकारी दिए ।

उनले भने ‘एकीकृत परीक्षाको विश्वसनीयता अझ बढाउन राष्ट्रिय परिचय पत्र पद्धतिसँग आयोगको सफ्टवेयर आवद्ध गर्न कार्यदलले काम गरिरहेको छ ।’

कार्यक्रममा आयोगले कार्यप्रगति सार्वजनिक गर्दै प्रत्येक वर्ष चिकित्सा शिक्षा शिक्षण गर्ने संस्थाहरुको स्थलगत अनुगमन र सिट निर्धारण गर्ने, चिकित्सा शिक्षा अध्ययन गर्न विदेश जाने विभिन्न विधा र तहका १ हजार २५२ विद्यार्थीलाई अनुमति पत्र प्रदान गरेको उल्लेख गरेको छ ।

नेशनल बोर्ड अफ मेडिकल स्पेसियालिटीजले पाठ्यक्रम विकास गरी यसै वर्षदेखि ६ वटा अस्पतालमा १० जना विद्यार्थीहरु अध्ययनरत रहेको आयोगले जनाएको छ ।

त्यस्तैगरी डेढ दर्जन कार्यविधि विकास र कार्य, दुई चरणमा स्नातक तह, स्नातकोत्तर तहको र एक चरणमा सोभन्दा माथिका एकीकृत प्रवेश परीक्षा सम्पन्न गरेको उल्लेख गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?