+
+

साउनयता वाणिज्य बैंकको निक्षेप निरन्तर घट्दै, ३ सातामा ९५ अर्ब घट्यो

नयाँ आर्थिक वर्ष सुरु भएसँगै घट्दो क्रममा देखिएको बैंकहरुको निक्षेप घट्ने क्रमले तेस्रो सातासम्म पनि निरन्तरता पाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन २३ गते १९:०९

२३ साउन, काठमाडौं । नयाँ आर्थिक वर्ष सुरु भएसँगै घट्दो क्रममा देखिएको बैकहरुको निक्षेप घट्न क्रमले तेस्रो सातासम्म पनि निरन्तरता पाएको छ । नेपाल बैंकर्स संघले उपलब्ध गराएको विवरण अनुसार साउन तेस्रो साता पनि वाणिज्य बैंकहरुको निक्षेप घटेको छ ।

१३ साउनमा ४४ खर्ब ५० अर्ब रहेको वाणिज्य बैंकहरुको निक्षेप २० साउनमा आउँदा ४ अर्बले घटेर ४४ खर्ब ४६ अर्बमा झरेको छ । तर, अघिल्लो दुई साताको तुलनामा भने निक्षेप न्यून घटेको हो । २०७९ असार मसान्तमा ४५ खर्ब ४१ अर्ब पुगेको वाणिज्य बैंकको निक्षेप साउन लागेसँगै हरेक साता घट्दा क्रममा देखिएको छ ।

६ साउनमा ४४ खर्ब ७८ अर्बमा झरेको निक्षेप १३ साउनमा ४४ खर्ब ५० अर्बमा झरेको थियो । गत असार मसान्तको तुलनामा साउनको ३ सातामा वाणिज्य बैंकहरुको निक्षेप ९५ अर्बले घटेको छ । बैंकहरुको निक्षेप लगातार घटेपछि कर्जा विस्तारमा पनि बैंकहरुलाई समस्या भएको छ ।

अघिल्ला दुई सतामा घट्दो देखिएको वाणिज्य बैंकहरुको कर्जा गत साता भने दुई अर्बले बढेको छ । २०७९ असार मसान्तमा ४१ खर्ब ७५ अर्ब पुगेको वाणिज्य बैंकहरुको कर्जा लगानी ६ साउनमा ४१ खर्ब ६५ अर्ब र १३ साउनमा ४१ खर्ब ६४ अर्बमा झरेको थियो । तर २० साउनमा भने समान्य बढेर ४१ खर्ब ६६ अर्ब पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?