+
+

देशभरका विमानस्थल क्षेत्रमा धूम्रपान निषेध

अच्युत पुरी अच्युत पुरी
२०७९ साउन २३ गते २०:०१

२३ साउन, काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशभरका विमानस्थल भित्र सुर्ती, चुरोटसहितका वस्तुको सेवनमा पूर्ण प्रतिवन्ध लगाएको छ । भरतपुर विमानस्थलमा ई–सिगरेट पिएको पाइएपछि प्राधिकरणले देशभरका सबै विमानस्थलमा यस्ता वस्तुको सेवनमा पूर्ण निषेध लगाउने निर्णय गरेको हो ।

प्राधिकरणले हालै देशभरका नागरिक उड्डयन कार्यालय र वायुसेवा सञ्चालकहरुलाई पत्र लेख्दै विमानस्थल क्षेत्र भित्र सुर्तीजन्य पदार्थलगायत कुनै पनि प्रकारका वस्तु (ई–सिगरेट) समेतको प्रयोग गरी धूम्रपान गर्न पूर्ण निषेध लगाएको जानकारी गराएको हो । यस्ता गतिविधिको अब विमानस्थल प्रशासनले नियमित अनुगमन गर्नुपर्नेछ । विमानस्थल क्षेत्र भित्र खटिने सरोकारवाला र सर्वसाधारणलाई चेतानामुलक प्रचार–प्रसार सामग्री प्रदर्शनको व्यवस्था गर्न प्राधिकरणले सबै कार्यालयलाई सूचित गरेको छ ।

यसअघि २९ असारमा काठमाडौंबाट धनगढीका लागि उडेको जहाज भित्रै एक जना यात्रुले चुरोट सल्काएपछि पक्राउ परेका थिए । विमान भित्र प्रज्वलनशील पदार्थको निषेध यसअघि पनि थियो । प्राधिकरणले अब विमानस्थल क्षेत्र मै सूर्ती तथा चुरोट सेवन निषेध गरेको हो ।

कर्मचारीलाई तालिम दिन निर्देशन

प्राधिकरणले विमानस्थल क्षेत्र भित्र धूम्रपान निषेध गरिएको सम्बन्धमा आफ्ना सबै कर्मचारीलाई अनिवार्य तालिम दिन समेत भनेको छ । सबै कम्पनीहरुलाई प्राधिकरणले धूम्रपान निषेध भएको पत्र पठाउँदै सो निर्देशन दिएको हो ।

प्राधिकरणले हवाई सुरक्षा र खतराजन्य वस्तुको प्रयोग गर्न नहुने सम्बन्धी तालीम दिन र त्यसमा ई–सिगरेट समेत समावेश गर्न निर्देशन दिएको हो । यस्तो प्रावधान हेलिकप्टर र ठूला सबै वायुसेवा कम्पनीले मान्नु पर्नेछ ।

ककपिटमा चालकदलका सदस्यबाहेक अरुलाई प्रवेश गराए कारवाही

यसअघि प्राधिकरणले वायुयान चालक कक्षमा अनाधिकृत व्यक्तिको प्रवेश समेत निषेध भएको भन्दै त्यसो नगर्न वायुसेवा कम्पनीहरुलाई निर्देशन दिएको थियो ।

नागरिक उड्डयन सुरक्षा नियमावलीले वायुयान चालक कक्ष भित्र अनधिकृत व्यक्तिलाई प्रवेश गराउन नहुने व्यवस्था गरेको भन्दै यसलाई कडाइका साथ पालना गर्न समेत वायुसेवा कम्पनीहरुलाई सचेत गराएको थियो । प्राधिकरणको हवाई सुरक्षा विभागले यस्ता विकृतिविरुद्ध अनुगमन समेत गर्ने गरेको छ ।

लेखकको बारेमा
अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?