+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

संस्कृत विश्वविद्यालयको ताला खोल्न उच्च अदालतको आदेश

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन २३ गते २०:०५

२३ साउन, दाङ । दाङस्थित नेपाल संस्कृत विश्वविद्यालयको केन्द्रीय कार्यालयमा तीन महिनादेखि लागेको ताला खोल्न उच्च अदालत तुलसीपुरले अन्तरिम आदेश दिएको छ ।

उच्च अदालतकी मुख्य न्यायाधीश नीता गौतम दीक्षित र न्यायाधीश बबिता उप्रेतीको संयुक्त इजलासले आइतबार ताला खोल्न आदेश दिएको हो । विश्वविद्यालयमा लागेको तालाबन्दीले पठनपाठनमा असर पुगेको भन्दै ताला खोल्न आन्दोलनरत विद्यार्थी संगठनलाइ आदेश दिइएको छ ।

उच्च अदालतले नेपाल विद्यार्थी संघ संस्कृत विश्वविद्यालय संघर्ष समितिलाई दिइएको आदेशमा भनिएको छ, ‘तालाबन्दीले पठनपाठन अबरुद्ध भई विद्यार्थीको भविष्यमा समेत असर पुग्न गएको देखिएकाले निवेदनको टुंगो नलागेसम्म तालाबन्दी खोली दैनिक कार्य संचालन र पठनपाठन कार्यमा अबरुद्ध नगर्नु नगराउनू ।’

तालाबन्दीका विरुद्धमा अधिवक्ता कुलबहादुर भण्डारीले मुद्दा दर्ता गरेका थिए । उक्त मुद्दामा स्वयं भडारीले नै वहस गरेका थिए ।

नेपाल विद्यार्थी संघले विभिन्न १४ बुँदे माग राख्दै वैशाख १९ गते देखि तालाबन्दी गरेका थिए ।

गत जेठ २९ गते विश्वविद्यालयका तर्फबाट गठित वार्ता समिति र आन्दोलनरत विद्यार्थी संगठन बीचमा वार्ता गरी ११ बुँदामा सहमति भएको थियो । तर नेविसंघले सबै माग पूरा गर्नुपर्ने भन्दै तालाबन्दी खोलेको थिएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?